एम्बुलेन्स चालकलाई प्राथमिक उपचार तालिम

0
767

दुहागढी ।

एम्बुलेन्स चालकहरुका लागि प्राथमिक उपचार सम्बन्धी तीन दिने तालिम शुक्रबार देखि दमकमा शुरु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय र एम्बुलेन्स सेवा सञ्चालन समिति झापाको संयुक्त आयोजना तथा नेपाल रेडक्रस सोसाइटी झापा शाखाको प्राविधिक सहयोगमा तालिम शुरु भएको हो । तालिममा माईपश्चिम क्षेत्रका ३० जना एम्बुलेन्स चालकहरुको सहभागिता रहेको छ ।

तालिमको एक कार्यक्रमकाबीच नेपाल रेडक्रस सोसाइटी झापा शाखाका उपसभापति मित्र देव काफ्लेले उद्घाटन गरेका थिए । तालिममा रेड्क्रसकर्मीहरु विश्व थापा, प्रकाशचन्द्र खरेल, ओमप्रकाश गौतम, डिल्लीराम भण्डारी र हरिशरण खड्काले सहजीकरण गरिरहेका छन् ।

नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाका सभापति प्रकाश बुढाथोकीको सभापतित्वमा सम्पन्न तालिम उद्घाटन समारोहमा तालिमको औचित्यमाथि प्रशिक्षक प्रकाशचन्द्र खरेलले प्रकाश पारेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here