सुन्दर तर कोखामा छुरा बोक्ने गुलाफको फूल !

0
1242

कथा

भूवन तामाङ
कुनै गाउँमा एक घरको आँगनमा सयपत्री पूmल र गुलाफको पूmल सँगै बस्दछन् । उनीहरु घरको आगनको डिलमा रहेको सानो बगैँचामा फुल्दछन् । बगैँचाबाट तलतिर हेर्दा तराईका हरिया फाँट र साना साना घरहरु देखिन्छन् । सडक र बाटाहरु कतै सर्प हिँडे जस्ता त कतै धागो ताने जसरी सिधा धर्सा जस्ता देखिन्छन् । उभोँतिर हेर्दा रमणीय अग्ला पहाडहरु देखिन्छन् । यस्तो सुन्दर ठाउँमा छ यी दुई पूmलहरुको गाऊँ ।

सयपत्री र गुलाफ हावा चल्दा एकअर्का छुन र टाँसिइन पुग्दछन् । त्यसरी छोइँदा, टाँसिइँदा उनीहरुलाई आनन्द लाग्दछ । उनीहरु रोमाञ्चित हुँदै हावामा अझ मच्चि–मच्चि हल्लन्छन् र एकअर्का स्पर्श गर्छन्, टाँसिइन्छन् । यदि उनीहरु हिँड्न सक्दा हुन् त रमाउँदै टाढा–टाढा डुल्न पुग्दा हुन् ?

सयपत्री गुलाफलाई भन्छ– ‘एई गुलाफ ! तँ त कति राम्रो छस् हो कि ? तेरो रङ्ग नै सुन्दर छ । तेरो पूmलरुपी पत्रहरु पनि कति राम्रा छन् । मुलायम र कोमल छन् । चट्ट हाँगाको टुप्पामा पूmल्छस् र मगमग बास्ना पैmलाउँछस् । वातावरण नै मुग्ध पार्छस् । साँच्चै तँलाई त प्रकृतिले पनि जानेरै, रोजेरै सुन्दर बनाएको होला ?

गुलाफ सयपत्रीलाई जवाफमा भन्छ– ‘खोइ मलाई त केही थाहा छैन । म सुन्दर छु कि के छु ? मलाई त यति थाहा छ कि म एक बिरुवा हुँ । यो आगनमा रोपिएको, हुर्केको र बढेको छु, पूmलेको छु । मेरो पूmलबाट कस्तो बास्ना आउँछ ? मलाई नै थाहा छैन । त्यसो त तँ पनि कति सुन्दर छस् सयपत्री ! तँ पहेँलपुर भएर पूmल्छस् । तेरा पूmलका पत्रहरु कति मजाले मिलेर खापिएर बसेका छन् । फक्रक्क पूmलेर आगन र बगैँचाको सौन्दर्यता बढाउँछस् । वास्तवमा म भन्दा तँई सुन्दर छस् क्या ।’

सयपत्री फेरि गुलाफलाई भन्छ– ‘गुलाफ ! तँ त प्रेमको प्रतिक होस् नि त । कसैले कसैलाई प्रेम प्रस्ताव राख्दा गुलाफको पूmल टत्र्mयाउँछन् । पे्रमीले आप्mनी प्रेमीकालाई पूmल उपहार दिँदै फकाउँछन् । संसारभरि तेरो ख्याती छ । प्रेमको खातिर तँ नभइ हुँदैन । वास्तवमा तँ बिना यो संसार निरश, उजाड र उराठ लाग्दो हुन्छ । हजारौँ, लाखौँ, करोडौँ प्रेमिल जोडीहरुको मिलनको माध्यम नै तँइ होस् क्या ।’ यति भनेसँगै हावा बहेको मौका पारेर सयपत्रीले आप्mनो पातले गुलाफलाई प्याट्ट हिर्काएर नखरा पार्छ ।

गुलाफ जवाफमा सयपत्रीलाई भन्छ– ‘इस् अँ ! म त्यति राम्रो र त्यति धेरै महत्वपूर्ण छु चैँ होला ? धेरै फुरुक्क नपार्न मलाई । बरु तँ पो सुन्दर छस् त । तेरो महत्व मेरोभन्दा धेरै छ । हरेक चेली–माइतीको प्रतिक होस् तँ । हरेक तिहारमा हरेक चेलीले माइतीलाई लगाइदिने माला तँई सयपत्रीको त हुन्छ नि । चेली माईतीको स्नेहको तुलनामा कहीँ प्रेमी प्रेमीकाको माया ठूलो हुन्छ र ? फेरि हरेक शुभ कार्यका लागि र अतिथिहरुलाई सत्कार गर्न माला बनाइँदा सयपत्री पूmलको माला छुट्दैन । त्यसैले बरु तँइ सयपत्री चैँ म भन्दा सुन्दर र महत्वूर्ण छस् क्या ।’ यति बोलेर गुलाफ पनि नखरा पार्दै उत्ता फर्केर टाढा हेर्दै टोलाईरहन्छ । उनीहरुबीच यस्तै संवाद चलेको धेरै भइसकेको छ र पछि पनि चलि नै रहन्छ होला ।

एकदिन सयपत्रीले गुलाफलाई भन्छ– ‘गुलाफ ! अब त तिहार पनि आइसक्यो । मलाई चुँडेर माला बनाउँछन् होला । अनि म एकदिन दुईदिन गर्दै सुकेर मर्छु होला । थुँगा बिनाको मेरो बोट पनि मर्दै जान्छ र घरकाले उखेलेर बारीमा फाली देलान् ।’ सयपत्रीले यत्ति के भनेको थियो गुलाफ त रोएर बेहाल हुन्छ ।

गुलाफ पनि एकदिन भन्छ– ‘सयपत्री ! हेर्, अब त बसन्त ऋतु आउँदै छ । मलाई पनि हरेक प्रेमीले चुँडेर सक्छन् । हरेक प्रेमिकाले एकछिन मलाई लिएर अन्ततः कतै मिल्क्याई दिन्छे । म पनि चुँडिएर, सुकेर मर्ने भएँ । पूmल बेगरको मेरो बोट पनि उखेलेर आगो बालेर कुँडो पकाउछन् होला ।’ गुलाफले यत्ति के भनेको थियो सयपत्री पनि रोएर बेहाल हुन्छ ।
एक जुनेली रात । आकाश सफा छ । जुन आकाशको बीचमा आइपुगेको छ । वातावरण, निर्मल र उज्यालो छ । जुनको उज्यालोमा सयपत्री गुलाफलाई एकटकले हेरिरहन्छ । गुलाफ पनि सयपत्रीलाई एकटकले हेरिरहन्छ । उनीहरुको मन व्याकुल बन्छन् । मिलनको चाहले उनीहरु शीतको थोपा भैmँ पग्लिन लाग्दछन्, तर मिलन असम्भव छ । हावा चलेको छैन । जुन आकाशबाट ओरालो लाग्दैछ ।

काश ! सरर आवाजसँगै पहाडको खोँचबाट हावा जोडले चल्छ । हावा सयपत्री र गुलाफको बगैँचामा आइपुग्छ । सयपत्री र गुलाफका मुन्टाहरु हावाको झोँकामा हल्लिन थाल्दछन् । अनायासै सयपत्री गुलाफतर्पm ढल्किन्छ । गुलाफ पनि समयपत्रीतर्पm ढल्कन्छ । उनीहरु न्यानो आलिङ्गनमा बाँधिन्छन् । उनीहरुको मिलनको साक्षी जुन, ताराहरु र आकाश छन् । उनीहरु धेरैबेर आलिङ्गनमा बाँधिइरहन्छन् । मानौ संसारकै उत्कृष्ट मिलन हो यो ।
रातको निरबतालाई चिर्दै एक्कासी सयपत्री चिच्याउँछ, ‘आत्थाथा, आइयानी, मारिस्नी गुलाफ तैँले मलाई । तँईले तेरो तिखो काँडाले मलाई कोखामा घोचिस् ।’ भन्दै सयपत्री गुलाफसँगको आलिङ्गनबाट छुट्टिन्छ ।
यत्तिकैमा गुलाफ भन्छ– ‘घोच्छु त ।’

सयपत्री फेरि भन्छ– ‘रुप होइन व्यहोरा राम्रो हुनु पर्छ भनेर यही घरमा आउने मान्छेहरुले कुरा गरेको सुन्न त सुनेको थिएँ । आज आप्mनै जीवनमा यस्तो घट्यो । ए गुलाफ ! मैले तँलाई चिन्न सकिन रै’छु । तँ सुन्दर र मगमग बासनायुक्त भएर के गर्नु ? कोखामा छुरी बोकेको रैछस् । असत्ती । धोकेबाज ।’

जुन आकाशबाट क्षितिजतल ओर्लिसकेको छ । ताराहरु आकाशमा बिलाउँदै जाँदाछन् । उषाको लालीमा पूर्व आकाशमा सुनौलो रङ्गमा पैmलँदैछ । बिहान घरबेटी आमै पूजाका लागि पूmल टिप्न बगैँचामा आएर भन्छिन्– ‘हेर यो सयपत्री त के भएर हो मरेछ पो ! भुँइमा लडेछ बिचरा । उखेलेर बारीमा फालिदेओ । मल हुन्छ ।’

छेवैमा गुलाफ भने हावाको झोँक्कामा मजाले रमाई रमाईकन मुन्टो हल्लाइरहेछ, हल्लाइरहेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here