दमक अस्पतालमा मनोरोगीको उपचार

0
805

दमक।

दमकमा जिल्ला अस्पतालको रुपमा स्वीकृत पाएको सरकारी दमक अस्पातलले मनोरोगीहरुका लागि बेग्लै सेवा शुरु गरेको छ ।

आम्दा नेपालको सहयोगमा मनोरोगका समस्या भएकाहरुलाई उपचार गर्नको लागि हरेक महिनाको दुई दिन विशेषज्ञ डाक्टरसहितको परामर्श र आवश्यक उपचार समेत शुरु गरिएको अस्पतालले जनाएको छ । दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले सोमबारदेखि उक्त सेवा शुरु गरेको जानकारी दिइन् । उनका अनुसार मनोरोग विकाराल रुपमा देखिए पनि बाहिर कसैले ल्यान नचाहेकाले समस्या भएको पाइएकाले यो सेवा शु्रु गरिएको हो ।

आफूहरुले प्रत्येक वार्डमा मनो परामर्श दाताहरु राख्ने योजना अनुसार सबैभन्दा पहिला दमक– १ स्थित अस्पतालमा यो सेवा शुरु गरिएको पनि अधिकारीले जनाइन् । मनोसामाजिक समस्याका कारण नै धेरैको घरपरिवार नै लथालिङ्ग समेत भएको पाइएको जनाउँदै त्यसको न्यूनीकरणका लागि यो सेवा जरुर देखेर शुरु गरिएको उनले बताइन् ।

सेवा लिने संख्या बढ्दै गयो भने यसलाइ साप्ताहिक वा दैनिकरुपमा समेत सञ्चालन गर्ने योजनामा रहेको अस्पताल व्यवस्थापन समितिकी अध्यक्ष समेत रहेकी उपप्रमुख अधिकारीले बताइन् । अन्य यहाँ रहेका नीजि अस्पतालहरुले पनि अहिलेसम्म यो सुविधा प्रदान गर्न सकेका थिएनन् ।

पूर्वी नेपालमा रहेका भुटानी शरणार्थीहरुलाई मनोसामाजिक परामर्श सेवा प्रदान गर्दै आएको आम्दा नेपालले तत्काललाई सहयोग गर्ने जनाइएको छ । आम्दा नेपालसँग मनोसामाजिक चिकित्सकदेखि लिएर परामर्शदाताहरु समेत रहेका छन् । दमक नगरपालिकाका स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईका अनुसार अस्पातलको सेवा विस्तारमा आम्दाले सहयोग पुर्याउँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here