राष्ट्रिय विजय माविको ६० औं बार्षिकोत्सवमा सम्मान

0
603

शान्तिनगर ।

झापाको बुद्धशान्ति गाउँपालिका–७ सुनमाईमा रहेको राष्ट्रिय विजय माध्यमिक विद्यालयको ६० औं बार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कर्णप्रसाद अर्यालको सभापतित्व तथा बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष मीरा भुर्तेलको प्रमुख आथित्यमा आयोजित कार्यक्रममा विद्यालयबाट २०७५ सालको एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने एक÷एक जना छात्र÷छात्रलाई सम्मान र विद्यालयबाट सरुवा र सेवा निवृत भई जाने शिक्षकहरुलाई विदाईसंगै विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।

विद्यालयमा स्थापना गरिएको स्व.नेत्रप्रसाद दाहाल स्मृति अक्षयकोषबाट विद्यालयमा अतिरिक्त क्रियाकलापमा अब्बल विद्यार्थी पूर्णीमा राई र याकुव बराइलीलाई सम्मान पत्र र नगदसहित सम्मान गरिएको थियो । त्यस्तै, स्व.सीताराम आचार्य स्मृति अक्षयकोषबाट कक्षा–५ बाट उत्कृष्ट अंक ल्याउने प्रेम विक र सोहना खतिवडालाई नगद सहित सम्मान गरिएको छ ।

त्यस्तै, भवानी लक्ष्मीमाया खतिवडा स्मृति अक्षयकोषबाट कक्षा–८ बाट उत्कृष्ट अंक ल्याउने अनिता अर्याल र विस्वास पोख्रेललाई नगद एक हजार रुपैयाँ सहित सम्मान गरियो । विद्यालयका प्रधानाध्यापक रामप्रसाद तिम्सिनाको परिवारले स्थापना गरेको जिएचएसएम स्मृति अक्षयकोष र शिक्षक कर्मचारी स्मृतिकोषबाट गत बर्षको एसईईमा उत्कृष्ट अंक ल्याउने सुप्रभा अर्याल र स्नेह पौड्याललाई नगद सहित सम्मानपत्रले सम्मान गरिएको छ ।

विद्यालय परिवारले गत बर्षको एसईईमा उत्कृष्ट अंक ल्याई पास भएर गएका सुप्रभा अर्याललाई नगद ५ हजार र अनु भट्टराई र अनुष्का भट्टराईलाई नगद १ हजार रुपैयाँसहित सम्मान गरेको छ । त्यस्तै, विद्यालयका सहायक प्रधानाध्यापक शिवप्रसाद पौड्यालले गत बर्षको एसईईमा नेपाली विषयमा सवैभन्दा बढि अंक ल्याउने सुप्रभा अर्याल र विसाल शिवाकोटीलाई नगद ५ सय रुपैयाको दरले सम्मान गरेका छन् ।

सोही कार्यक्रममा शिक्षक कल्याण कोषबाट विद्यालयमा कार्यरत शिक्षकहरु मध्येबाट विद्यालयका सहायक प्रधानाध्यापक शिवप्रसाद पौड्याल र छिमेकी विद्यालय शान्ति आदर्श माध्यमिक विद्यालयमा सरुवा भई गएकी केशवती खनाललाई सम्मानपत्र सहित सम्मानित गरिएको थियो । त्यस्तै, विद्यालयमा लामो समय सेवा गरी सेवा निवृत हुने शिक्षक गीता ढुङ्गाना र अनुपमा आचार्य, सरुवा भई जाने शिक्षकहरु सीता प्रसाई र निरन गौतमलाई दोसल्ला ओडाई विद्यालयले विदाई तथा सम्मान गरेको छ । त्यस्तै, लामो समय थोरै रकममा काम गरेका हाल सेवा स्वएच्छिक अवकास कर्मचारी तथा जग्गादाता बलबहादुर भट्टराईलाई विद्यालयले नगद २५ हजार रुपैयाँ र सम्मानपत्रले सम्मान गरेको शिक्षक सरोज अधिकारीले जानकारी दिए ।

कार्यक्रममा गाउँपालिका शिक्षा शाखाका प्रमुख कमल निरौला, ७ नम्वर वडाध्यक्ष मात्रिकाप्रसाद पौड्याल, छिमेकी विद्यालयका प्रधानाध्यापक, विभिन्न राजनीतिक दलका प्रतिनीधि, सामाजिक ब्यक्तित्व,पत्रकार र अभिभावकको उपस्थिति थियो । तीन दिनसम्म चलेको बार्षिकोत्सवमा विभिन्न खेलकुदका कार्यक्रम, अन्तरसदन सांस्कृतिक कार्यक्रम, अभिभावकहरुका लागि विभिन्न खेलकुदको आयोजना गरिएको थियो ।

विभिन्न खेलकुदमा सहभागि भई प्रथम,दोस्रो, तेस्रो र सान्तवना हुने विद्यार्थी तथा अभिभावहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो । प्रधानाध्यापक रामप्रसाद तिम्सिनाले विद्यालयको बार्षिक प्रगति तथा आगामी बर्षको कार्ययोजना प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक शिवप्रसाद पौड्याल र शिक्षक छत्रबहादुर कार्कीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here