समूहबीचको असमझदारी अन्त्य गर्न नगर महासंघको अन्तरक्रिया

0
454

अर्जुनधारा ।

“हरियाली बनाऔं जीवन स्वस्थ्य राखौं” भन्ने नारासहित अर्जुनधारा नगर सामुदायिक वन उपभोक्ता महासंघको आयोजनामा शनिबार उपभोक्ता समूहबीचको अन्तर सम्बन्ध सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अर्जुनधारा–१स्थित हलुवागढ–कालिखोला सिमसार क्षेत्रमा आयोजना गरिएको उक्त कार्यक्रमको उद्धेश्य समूहबीच एक आपसमा भएको असमझदारीको अन्त्य गर्दै एकजुट हुनुपर्ने रहेको महासंघका अध्यक्ष दिव्यप्रसाद कट्टेलले बताए ।

त्यसैगरी महासंघ र समूहले खेल्नुपर्ने भूमिकासँगै समूहले उपभोक्ताहरुलाई प्रदान गर्ने सेवासुविधाका विषयमा स्पष्ट पार्न पनि कार्यक्रम आवश्यक रहेको अध्यक्ष कट्टेलले बताए । नगर महासंघका सदस्य रुपनारायण समालको अध्यक्षता र महासंघकी केन्द्रीय सदस्य संगीता थापाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा अन्तर समूह हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरिएको थियो ।

अध्यक्ष कट्टेलका अनुसार उक्त प्रतियोगितामा प्रथम दहीझोडा सामुदायिक वन उपभोक्ता समूह, द्धितीय जुकेखाडी सामुदायिक वन उपभोक्ता समूह र तृतीय शान्ति सामुदायिक वन उपभोक्ता समूह भएको छ। हाजिरी जवाफ प्रतियोगिताको सञ्चालन महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारीले गरेका थिए ।

हलुवागढ सामुदायिक वन उपभोक्ता समूहकी सचिव तारादेवी आचार्यले स्वागत गरेको कार्यक्रमको सञ्चालन नगर महासंघकी सचिव विनीता थापाले गरेकी थिइन् । हाल नगर महासंघ अन्र्तगत छ वटा समूह क्रमश हचुमासा सामुदायिक वन उपभोक्ता समूह, हलुवागढ सामुदायिक वन उपभोक्ता समूह, शान्ति सामुदायिक वन उपभोक्ता समूह, जुकेखाडी सामुदायिक वन उपभोक्ता समूह, दहीझोडा सामुदायिक वन उपभोक्ता समूह र नमूना सामुदायिक वन उपभोक्ता समूह रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here