हराएका खनाल घाइते अवस्थामा भेटिए

0
651

बिर्तामोड।

हराएको तीन दिनपछि झापाको बिर्तामोड–२ चारपानेका एक व्यक्ति फेला परेका छन् । गत माघ १६ गते बिर्तामोड रामचोक नजिकैबाट हराएका जगन्नाथ खनालका छोरा दिवस शनिवार भेटिएका हुन् । उनी दमकस्थित गुडवील होटलमा घाइते अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

हातमा चोट लागेको अवस्थामा प्रहरीले उनलाई दमकको गुडवील होटलमा फेला पारेको हो– जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले भने– उनले प्रयोग गरेको मोटरसाइकल समेत सोही होटलमा भेटिएको छ ।

हातमा चोट लागेका उनलाई उपचारका लागि परिवारले बिराटनगरस्थित नोवेल अस्पताल लगेको बताइएको छ । केही दिन अघि बिर्तामोडका एक व्यक्ति मोरङ र सुनसरीको सीमामा पर्ने केशलिया खोलामा मृत फेला परेका थिए । बिर्तामोड घर भएका २० वर्षीय अभिषेक कटुवालको हत्या भएको अवस्थामा शव फेला परेको थियो ।

खनाल पनि हराएपछि उनका आफन्तले खोजी गरिदिन आग्रह गर्दै प्रहरी समक्ष निवेदन दिएका थिए । प्रहरीले सीसी क्यामेराको फुटेजका आधारमा र विशेष प्रहरी परिचालन गर्दै खनाललाई होटलमा फेला पारेर परिवारको जिम्मा लगाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here