सहकारीमा नीति, विधि र प्रविधि

0
881

दिपेन्द्र राउत,

सर, सहकारीमा पनि यस्तो सुविधा ! मैले त यस्तो विदेशमा मात्र देखेको थिएँ –भन्दै हुनुहुन्थ्यो शिखर साकोसका एक सदस्य । छरिएर रहेको पुँजीलाई एकीकृत गर्दै सदस्यहरु कै रकम सदस्यहरु कै माझमा लगानी गर्ने, क्षमतालाई सिपसँग, सिपलाई उद्यमसँग र उद्यमीलाई सदस्यहरुको माझमा सहकार्य गराउँदै शिखर साकोस विगत वर्षदेखि नै सक्रिय रहँदै आएको छ । े

समय परिवर्तनशील छ । समयसँगै हरेका क्षेत्रमा परिवर्तन हुँदै आएको छ । अझ प्रविधिमा त झनै ठूलो फड्को मारेको छ । मानिसको मानसिक विकास सँगै प्रविधिमा धेरै विकास गरिँदै आएको छ । हिजोको दिनमा रेडियोमा मानिस बोलेको सुन्दा छक्क पर्ने हाम्रो समाज टिभी आयो झन् छक्क मोबाईल आयो झन छक्क हुँदाहुँदै भिडियो कल हुन थाल्यो । विश्वभरका मानिससँग छिनभरमा नै गफ गर्न थालियो, हरेक गतिविधि देख्न पाउन थालियो, यो प्रविधिको विकासको गति थामी नसक्नु छ । अझ आजभोलि हरेक घरका मानिस विदेश भएर पनि होला हरेक घरमा नेट नचलाउने मानिस भेटिँदैन सामाजिक सञ्जालमा मानिस त्यत्तिकै व्यस्त बन्दै गएका छन् ।

समाजमा सामाजिक सञ्जालको टिका–टिप्पणी पनि हुने गरेको छ । कोही यसको पक्षमा छन् भने कोही यसको विपक्षमा छन् । कतिले सामाजिक सञ्जालको प्रयोग गरेर फाइदा लिएका छन् भने कतिले सामाजिक सञ्जालको कारणले गाली, बेइज्जत हुनु परेको घटना समेत हामीले हाम्रो समाजमा देख्ने र पाउने गरेका छौं । भनिन्छ, विकास र विनाश सँगै आउँछ भने झैं हरेक क्षेत्रमा विकास सँगै विनाश पनि आउँछ । छोराछोरीले मोबाइल चलाएर हैरान लगाएको अथवा दिनभर इन्टरनेटमै झुम्मिएको भन्ने गुनासोहरु दिनदिनै बढ्दो छ । जसरी हरेक क्षेत्रमा प्रविधिमा विकास भएको छ, त्यसरी नै बैंक तथा वित्तीय क्षेत्रमा पनि विकास हुँदै आएको छ । हिजोका दिनमा जसरी हरेक कार्य गर्न कागजको प्रयोग हुन्थ्यो, तर आज जमान डिजिटल भएको छ ।

विकशित देशतिर त कागजको प्रयोग हुन छोडेको छ भने विकासोन्मुख देशतिर पनि केही हदसम्म यस्को विकास हुँदै आएको छ । विश्वलाई हिजो रेडियोले जोडेको थियो अनि टिभीले भने आज आएर मोबाइलले नै आफ्नो हातमा अटाउने भएको छ । हरेकको हात–हातमा विश्वको जानकारी लिन सकिने भएको छ भने आफ्नो आर्थिक गतिविधि पनि मोबाइलबाट हुन थालिसकेको छ । बंैक वित्तीय संस्था प्रविधिमैत्री बन्नु भनेको ठिकै हो, तर कान्छो संस्था सहकारी जो न्यून आय भएका, विपन्न वर्ग र समुदायमा आधारित भएर सदस्यहरुलाई वित्तीय साक्षर गराउँदै प्रविधिको ज्ञान दिँदै सदस्यहरुलाई वित्तीय कारोवार हात हातबाट हुन्छ है भन्दै शिक्षित बनाउँदै आएको छ । प्रविधिको विकास सँगै वित्तीय क्षेत्र पनि प्रविधिमा जानु राम्रो कुरा हो र आज हामी डिजिटल प्रणालीमा उन्मुख भइरहँदा सदस्यहरुले पनि डिजिटल प्रणालि अपनाउनुपर्छ भन्ने मान्यता सहकारी लिनु र सदस्यको क्षमता अभिवृद्धि गराउनु सहकारीको सिद्धान्तभित्र पर्दछ ।

बंैक तथा वित्तीय संस्था सुगममुखी बन्नु र ग्राहकलाईभन्दा कम्पनी आफू नाफामुखी बन्नु सहकारीको वृद्धि मा सहयोग पुग्नु हो । सुगम दुर्गम नभनी सदस्यहरुको वृद्धिका लागि सहकारी लागि पर्नु, सदस्यहरुको क्षमता र सुविधा नै सहकारीको मूल ध्येय हुनु र नाफामुखीभन्दा सेवामुखी सहकारी बनिनु नै सहकारी क्षेत्रको विकास हुनु मान्न सकिन्छ । प्रविधिले मानिसलाई सहज बनाएको छ ।

कुनै वस्तु खरिद गर्दा क्यास सिँधै खातामा पठाउन सिकिन्छ । हिजोका दिनमा गोजीभरि पैसा बोकेर सपिङ्ग गर्न जाँदा गोजीबाट पैसा चोरी भएका घटना पनि हामीले देखेका छौं । तर, अब त्यो जमाना रहेन क्यास लेस भएको छ । अब गोजीमा पैसा बोकी रहनु नपर्ने भएको छ । एक सदस्यले अर्को सदस्यलाई आफ्नो मोबाइल एपबाट नै उसको खातामा पैसा हाल्न सकिने भएको छ । मोबाइलबाट नै विश्व बजारमा सामान खरिद गर्न सकिने भएको छ । मोबाइल रिचार्ज, प्लेनको टिकट, बिजुली बिल भुक्तानी, फिल्मको टिकट, पसलमा खरिद गर्दा बिल भुक्तानी लगायतका सेवा सदस्यहरु पनि प्रविधिमैत्री बन्नु आजको आवश्यकता रहेको छ । यदि प्रविधिमैत्री बन्न सकिएन भने समाजमा एक्ले हुनु पर्ने अवस्था छ ।

हिजो हामी बंैकमा कसरी जाने ? चेक कसरी चलाउने ? बंैकबाट पैसा कसरी लिने ? भन्ने अवस्थामा आज सहकारीले हरेक व्यक्तिलाई बैकिङ्ग जानकारी गराई वित्तीय साक्षार गराएको छ । ब्याज के हो, कसरी लिइरहेको छ, ऋण लगानीको ब्याज कस्तो छ, ब्याज गणना कस्तो छ, दैनिक, मासिक आदि कुराहरुमा सदस्य जागरुक भएका छन् । आफूले पाउनुपर्ने ब्याज, तिर्नुपर्ने ब्याजको लेखा जोखा स्वयम् नै गर्न सक्ने हुनुले पनि सदस्यहरुको क्षमता अभिवृद्धिलाई लिन सकिन्छ । सदस्यको वृद्धि नै सहकारीको विकास मान्नुपर्छ ।

नेपालमा वाणिज्य बंैक, विकास बंैक, फाईनान्स कम्पनी, लघुवित्त संस्था र कान्छो संस्था सहकारी भएको हुँदा र प्रत्यक्ष सदस्यमुखी भएर काम गरिरहँदा सदस्यहरुलाई डिजिटल प्रविधिमा जोडेर समयसापेक्ष सदस्यहरुको वृद्धि विकास गराउँदै लानु नै सहकारीको मूल ध्येय बनेर रहनुपर्छ । राज्यले अवलम्वन गरेका नीतिहरुमा समेत सहकारी चल्नुपर्छ र सदस्यहरुलाई पनि चलाउनुपर्छ । नीति विधि र प्रविधिसहित संस्था सञ्चालन गरेर सदस्यहरुलाई शिक्षित बनाउनु आजको आवश्यकता रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here