अपहरण परेको नाटक रच्ने भारतीय नागरिक झापा प्रहरीको फन्दामा

0
430

झापा,

अपहरण परेको नाटक रचेर झापा प्रहरीलाई हैरानी दिने एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत पश्चिम बङ्गाल कोलकता पखाना, ततागदका करिब ३५ वर्षीय कमल कर्मकार रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।

कर्मकार दमकस्थित रुद्र श्रेष्ठको सुनचाँदी पसलमा कारिगरको रूपमा लामो समयदेखि काम गर्दै आइरहेका थिए। काम गर्ने सिलसिलामा कर्मकारले श्रेष्ठको सुनसहित नगद हिनामिना गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरी उपरीक्षक कोइरालाले बताए। उनका अनुसार श्रेष्ठको सुनचाँदी पसलको सुन र नगद हिनामिना गरेको घटनाबाट जोगिन कर्मकारले माघ १२ मा अपहरण परेको नाटक गरेका थिए।

उनले अपहरण परेको भन्दै मालिक श्रेष्ठलाई फोन गरेर जानकारी गराएका थिए। कारिगर अपहरण परेको भन्दै मालिक श्रेष्ठले तत्काल इलाका प्रहरी कार्यालय दमकलाई खबर गरेका थिए। अपहरण परेको खबर पाएलगत्तै प्रहरी टोली तत्काल उनलाई उद्धार गर्न जिल्लाभरि खटिएका थिए।

‘कारिगर कर्मकारको मोबाइल फोन स्विच अफ भएकाले उनको लोकेसन तत्काल पत्ता लगाउन सकिएन, प्रहरीले उनको खोजी कार्य जारी राख्यो,’ प्रहरी उपरीक्षक कोइरालाले भने, ‘तीन दिनपछि माघ १५ मा उनको फोन खुलेपछि लोकेसन पत्ता लाग्यो, अपहरण परेको कर्मकारी सङ्खुवासभामा भएको खुल्यो।’

तत्काल सङ्खुवासभाको प्रहरीसँग सहकार्य गरेर उनलाई उद्धार ग¥यो। तर उनी अपहरण नपरेको घटना खुलेको प्रहरीले बतायो। उनलाई त्यहीबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय दमक ल्याएर प्रहरीले अनुसन्धान सुरु गरेको छ। प्रहरीले उनलाई सोधपुछ गर्दा मालिकलाई पैसा कसरी तिर्नु भनेर त्यसबाट बच्नलाई आफू अपहरण परेको नाटक रचेको बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here