स्वास्थ्यकर्मीहरुको बृहत् भेला सम्पन्न

0
789

बिर्तामोड ।

झापाका विभिन्न स्थानमा रहेका स्वास्थ्यकर्मीहरुको बृहत् भेला सम्पन्न भएको छ ।

भेलामा सहभागि भएका स्वास्थ्यकर्मीहरुले जिल्लामा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन् । उनीहरुले एकाई गठन गरेर जनताको स्वास्थ्यको विषयमा जागरुक बनाउने बताए । जिल्लाभरका स्वास्थ्यकर्मीहरुले सबैलाई स्वास्थ्य रुपमा जीवनयापन गर्न प्रेरित गर्ने बताएका छन् ।

नेपाल स्वास्थ्यकर्मी संघ, झापाका कार्यबहाक अध्यक्ष नेत्र दहालले सभापतित्व गर्दै औपचारिक रुपमा शुरु भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेसका महासमिति सदस्य देउमान थेबे रहनुभएको थियो ।

कार्यक्रममा बिशिष्ट अतिथिमा नेका ट्रेड युनियन झापा अध्यक्ष यज्ञप्रताप अधिकारी र जिल्ला जनस्वास्थ्य कार्यलय झापाका पूर्वप्रमुख मधुसुधन कोईराला साथै अतिथहरुमा नेपाल स्वास्थ्यकर्मी सघ केन्द्रिय समीति सहसचिव सुरेस खड्का, केन्द्रिय सदस्य मुना भट्टराई, अग्रज औषधि ब्यावसायी एबं स्वास्थ्यकर्मी दिलिप सुवेदी, बिर्तामोडका अग्रज औषधि ब्यावसायी कृष्ण पौडेल ,ब्यावसायी नरेन्द्र बराल ,भुरुङ्गा पर्यटकिय स्थल ब्यवस्थापन समिति अध्यक्ष भक्तबहादुर पौडेल रहनु भएको थियो ।

कार्यक्रममा सरकारी तथा निजि क्षेत्रमा कार्यरत औषधि ब्यावसायी ,स्वास्थ्यकर्मी , स्वास्थ्य सामाग्री सप्लाय्स, आयुर्बेद ब्यावसायी ,हस्पिटल तथा क्लिनिक संचालक, महिला स्वास्थ्य स्वंसेबिकाहरु गरी ७० जना भन्दा बढी सहभागी थिए।

बेदप्रसाद भण्डारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव किरण भट्टराईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here