काठमाडौँ,
यही माघ १५ गतेदेखि शुरु भएको नेपाल कम्युनिष्ट पार्टी नेकपा केन्द्रीय कमिटी बैठकले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसिसीबारे सुझाव दिन पार्टी वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।
समितिमा पार्टी नेता भीमबहादुर रावल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रहनुभएको छ । एमसिसीअन्तर्गत अमेरिकाले नेपाललाई विद्युत् र सडकमा खर्च गर्न रु ५१ अर्ब दिने सम्झौतामा उल्लेख छ ।
सम्झौतामा एमसिसीलाई सङ्घीय संसद्ले अनुमोदन गर्नुपर्ने जनाइएको छ ।


























