गाउँपालिका उपाध्यक्षमाथि अभद्र व्यवहार

१९ माघ २०७६, आईतवार मा प्रकाशित

बिर्तामोड।

कमल गाउँपालिकाका उपाध्यक्ष बेनुप्रशाद शिवाकोटी माथि अमर्यदित व्यवहार गरेको र सेवाग्राहीलाई गाउँपालिका परिसरमै कुटपिट गरेको भन्दै गाउँपालिकाले खेद व्यक्त गरेको छ ।

गाउँपालिकाको मुख्य प्रशासनिक भवन बनाउने बिषयमा छलफल भईरहेको समयमा १५–२० जनाको संख्यामा रहेका ब्यक्ति मध्ये केहीले उपाध्यक्ष शिवाकोटी माथि अभद्र ब्यवहार देखाएको र उनीहरुले अपशब्द प्रयोग गर्दै प्रशासनीक कामकाजमा समेत वाधा पु¥याएको भन्दै गाउँपालिकाले त्यस्तो कार्य क्षम्य नहुँने भन्दै खेद ब्यक्त गरेको छ ।

बैठकमा सहभागी मध्ये कमल गाउँपालिका ४ का सेवाग्राही चन्द्रप्रसाद भट्टराई माथि कुटपिट भएको भन्दै गाउँपालिकाले खेद सहितको विज्ञप्ति जारी गरेको छ । प्रमुख प्रशासकीय अधिकृतले हस्ताक्षर गरेको विज्ञप्तिमा शान्तिपूर्ण तवरले छलफल भईरहेको बेला सुनियोजित रुपमा भएको उच्छृंखल ब्यवहार र गाउँपालिका उपाध्यक्ष जस्तो जिम्मेबार ब्यक्ति माथि अभद्र र अमर्यादित ब्यवहार हुनु देदपूर्ण छ भनिएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here