देशराजको भ्यालेन्टाइन सार्वजनिक


२० माघ २०७६, सोमबार ११:५४ मा प्रकासित
  • 12
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares

झापा,

Advertisement

प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे नजिकिएसंगै भ्यालेन्टाइन नामक लघू चलचित्र सार्वजनिक भएको छ ।
निरन साम्पाङ्को लेखन, निर्देशन, छायङ्कन, तथा सम्पादन भएको लघू चलचित्र मौलिक टिभी युटुव च्यानेल मार्फत सार्वजनिक गरिएको हो ।
आफ्नै व्यानरबाट निर्माण भएको लघु चलचित्र ‘भ्यालेन्टाइनमा संचारकर्मी देशराज नेम्बाङ र उदियमान गायिका कौशिला खेवाको मुख्य भूमिका रहेको छ ।
लघु चचित्र मार्फत युवाहरुको अपरिपक्क पे्रम, वेरोजगार युवाहरुको पीडा र बैदेशिक रोजगारको समस्या लगायतका विषय उजागर गरी युवाहरुलाई स्वदेशमा नै श्रम गरी देश निमार्ण लाग्न प्रेरित सन्देश दिइएको छ ।
दमकमा रहेको धार्मिक स्थल साकेला थानमा छायाङ्कन गरिएको सो लघु चलचित्रमा कमल बुढाथोकी र दित्य राईको पाश्र्व संगीत रहेको छ ।
कार्यक्रममा बोल्दै निर्देशक साम्पाङले आगामी दिनमा पनि यस्तै समसामयिक विषयमा सन्देशमुलक चलचित्र डकुमेन्ट्री निमार्ण गरी सामाजिक दायित्व निर्वाह गर्ने धारणा राखे ।
। प्रिमियम सो मा संचारकर्मी तथा सामाजिक व्यक्तित्वहरुले चलचित्र सम्बन्धी प्रतिकृया प्रस्तुत गरेका थिए । मौलिक टिभीले यस अघि पनि तिब्बत राईको निर्देशन रहेको घरेलु हिंसा सम्बन्धी सचेतनामुलक वृत्तचित्र ‘आर्तनाद’ प्रस्तुत गरेको छ ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्