बिर्तामोड ।

सिम्रिक बचत तथा ऋण सहकारी संस्था बिर्तामोड ४ को आयोजनामा टाघनडुव्वामा एकदिने धान , मकै र लहरे तरकारी खेती सम्बन्धि तालिम सम्पन्न भएको छ ।
टाघनडुव्वा सेवाकेन्द्रका शेयर सदस्यहरुलाई धान ,मकै र लहरे तरकारी खेतीमा आत्मनिर्भर बनाउने उद्धेश्यले तालिमको आयोजना गरिएको संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतले बताए ।
संस्थाको शिक्षा तथा तालिम उपसमितिको आयोजनामा भएको तालिमको सहजीकरण जिल्ला कृषि कार्यालयका शेषराज पौडेलले गरेका थिए ।
शिक्षा तथा तालिम उपसमितिका संयोजक एवम् संस्थाका सचिव सुवास भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा तथा तालिम उपसमितिका सदस्य गणेशप्रसाद सुवेदीले स्वागत गरेका थिए ।
टाघनडुव्वा सेवाकेन्द्रका एक सय भन्दा वढी शेयर सदस्यहरुको सहभागितामा भएको तालिममा उनीहरुलाई चैते धान खेती प्रविधि ,धान , मकै वाली र लहरे तरकारीमा लाग्ने रोग नियन्त्रणका उपाय , व्यावसायिक खेती गर्ने तरिकाका बारेमा प्रशिक्षक पौडेलले जानकारी गराएका थिए ।
कार्यक्रमको संचालन संस्थाका तालिम विभाग प्रमुख विजय बस्नेतले गरेका थिए ।































