परालको माचमा जलेको अबस्थामा शव फेला, अनुसन्धानका लागि कुकुरको प्रयोग

0
912

सुरुङ्गा,झापाको बिर्तामोड नगरपालिका – २ चारपाने नजिकै खेतमा जलेको अवस्थामा आज एक व्यक्तिको शव जलेको अवस्थामा फेला परेको छ ।
स्थानीय ऐनकुमार राजवंशीको खेतमा राखेको परालमा सोमवार राति १२ वजेदेखि आगो लागेको र शव जलेको अवस्थामा आज विहान फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । मृतकको शनाखत भने हुन सकेको छैन, प्रहरी नायव उपरीक्षक श्रेष्ठले भन्नुभयो – घटनाका विषयमा अनुसन्धान भइरहेको छ ।


खेतको बीचमा पुरुषको संवेदनशील अंङ्ग काटेर फालिएको अवस्थामा भेटिएको र खेतमा रगतै रगत भएकाले कसैल ति व्यक्तिलाई हत्या गरेर प्रमाण नष्ट गर्न परालको माचमा राखेर आगो लगाएको हुन सक्ने स्थानीयवासीले आशंका गरेका छन् । परालको माचमा राति आयो लागेपनि विहान मात्रै जलेको परालमा मानिसको हात र खुट्टा देखिएपछि प्रहरीलाई खवर गरेको प्रहरीले जनाएको छ ।
घटना भएको स्थलमा अहिले अनुसन्धानका लागि संघीय प्रहरी इकाई कार्यालय धरानबाट तालिम प्राप्त कुकुर ल्याएर प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो । –––

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here