हत्या गरी जलाएको अवस्थामा शब फेला , अनुसन्धानका तीन लागि जना नियन्त्रणमा

0
1424

बिर्तामोड,

हत्या गरी जलाएको अवस्थामा झापाको बिर्तामोड नगरपालिका – २ चारपाने नजिकै खेतमा आज एक व्यक्तिको शब फेला परेको छ ।
चारपाने निवासी रहमान शेखका ज्वाई हराएको र नजिकै खेतमा पुरुषको शव जलेको अवस्थामा फेला परेपछि रहमान सहित उनकी श्रमिती पारुका शेख र छोरी सुष्मा शेखलाई इलाका प्रहरी कार्यालय अनारमनीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।


नियन्त्रणमा लिएका तीनै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
शुष्माका श्रीमान हराउनु र परालमा जलेको अवस्थामा शव फेला पर्नुले पनि उनीहरुलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो प्रहरी नायव उपरीक्षक श्रेष्ठले भन्नुभयो – जलेका व्यक्तिको हुलिया खुल्न नसकेर थप अनुसन्धानका लागि संघीय इकाई प्रहरी कार्यालय घरानबाट तालिम प्राप्त कुकुर झिकाएर अहिले अनुसन्धान भइरहेको छ ।

स्थानीय ऐनकुमार राजवंशीको खेतमा राखेको परालमा सोमवार राति १२ वजेदेखि आगो लागेको थियो । सोही ठाउँमा जलेको अवस्थामा शव भेटिएको हो प्रहरी उपरीक्षक श्रेष्ठले भन्नुभयो – घटनाको विषमा अनुसन्धान हुँदै छ । शवलाई पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउन लागेका छौं ।

जलेको शव जनिकै खेतको बीचमा पुरुषको संवेदनशील अंङ्ग (अण्डकोष सहितको गुप्ताङ्ग) काटेर फालिएको छ । प्रमाण नष्ट गर्न कसैले ति व्यक्तिलाई हत्या गरी जलाएको हुन सक्ने स्थानीयले बताउँदै आएका छन् । –––

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here