भद्रपुर , राष्ट्रिय हात्तिपाईले रोग निवारण अभियान अन्र्तगतको आम औषधी वितरण कार्यक्रम यही माघ २५ गते वाट विधिबद्धरुपमा उद्घाटन गरि औषधी सेवन गराईने निर्णय गरिएको छ ।

जिल्ला समन्वयन समितिको मंगलबार बसेको बैठकले हात्तिपाईलेरोग निवारण अभियानको यहि माघ २५ गते र राष्ट्रिय दादुरा रुवेला खोप अभियान आगामी फागुन १० गते वाट विधबद्ध उद्घाटन गरिने आज सम्पन्न बैठकले सो निर्णय गरेको हो ।
समन्वयन समतिका अध्यक्ष सोम पोर्तेलको अध्यक्षतामा जिल्ला समन्वया समितिको सभाहल चन्द्रगढीमा सम्पन्न बैठकले सो निर्णय गर्दै अभियानमा सबै पक्षले आ आफनो क्षेत्र बाट सहयोग पुर्याउन सम्पुर्ण जिल्लाबासी नागरिकहहरु संग आग्रह समेत गरेको छ ।
कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यलय झापाका निमित कार्यलय प्रमुख ईश्वरी प्रसाद पौडेलले खोप अभियानमा ९ महिना देखि ५ बर्ष सम्मका सबै बालबालिकालाई खोप शुनिश्चितता जिल्ला घोषण गर्न अनिवार्य रुपमा खोप लगाउनु पर्ने धाराण राख्नु भयो ।
उहांले नेपाल सरकारको सन् २०२३ सम्ममा सबै जिल्ला पुर्ण खोप सुनिश्चितता गर्ने भन्ने लक्ष्यलाई सफल पार्न र बाल मृत्युदर घटाउन समेत खोप आबश्यत्ता रहेको बताउदै कार्यलयले यहि फागुन १० गते देखि रुवेला खोप अभियानको सुरुवात गरिने बताउनु भयो ।
उहांले पहिलो चरणमा आउदो फागुन १० गते बाट झापाको माई पुर्वको क्षेत्र र २१ गते बाट माई पश्चिम गरि २ चरणमा अभियानको थालनी गर्दै फागुन महिना भित्रमा सम्पन्न गर्ने लक्ष्य कार्यलयको रहेको बताउनु भयो ।
यसै गरि हात्ति पाईले रोग निवारण अभियानका कार्यक्रम संयोजक जीवन चौम्लागाईले हात्ति पाईले अभियानको यहि माघ २५ गते भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठको नेतृत्वमा अभियानको नगरपालिकाको वार्ड नं १० को वार्ड कार्यलय बाट संचालन गरिने बताउनु भयो ।
उहांले यस सम्बन्धि सम्पुर्ण तयारी पुरा गरिएको बताउदै झापाका १५ वटै स्थानीय तह बाट ८ लाख २६ सय ५ जना मानिसलाइ यस बर्ष हात्ती पाईले रोग निवारण अभियान अन्र्तगत औषधी सेवन गराईने लक्ष्य स्वास्थ्य कार्यलयको रहेको जानकारी दिनु भयो ।
उहांले कसैको पनि होहल्लमा नलागी औषधी सेवन गर्न सर्वसाधाराण सबै संग आग्रह गर्दै अभियान सफल पार्न स्वास्थ्यकर्मीहरुले सबैको घरघरमा गएर औषधी खुवाउने योजना रहेको समेत जानकारी दिनु भयो ।
अभियान संचालनका लागि स्वास्थ्य कार्यलयबाट ६ सय ३१ जना महिला स्वास्थ्य स्वंयमसेवीका र ४ सय १६ जना स्वास्थ्यकर्मी खटाईएको उहांले बताउनु भयो ।
जिल्लाका सबै स्थानीय तह हरुमा औैषधी पुरयाई सकिएकोले हात्ति पाईले एक प्रकारको डरलाग्दो संक्रमीत सरुवा रोग भएकोले २ बर्ष मुनीका बालबालिका ,दीर्घ रोगी , सुत्केरी बाहेकका सबैले नागरिकले अनिवार्य औषधी सेवन गर्नु पर्ने कार्यलयले जनाएको छ ।
झापामा विगतको तथ्याङ्ग अनुसार हात्तिपाईले रोगका संक्रमित हाईड्रोसिलका ३ सय ७२ जना , खुट्टा सुनीएका ७२ जना ,स्तन सुनीयका १ सय १० सहित जम्मा ५ सय ५४ जना संक्रमित हरु रहेका छन् ।
बैठकमा मेची अंचल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डां पिताम्बर ठाकुर ,नगर प्रमुख जीवनकुमारश्रेष्ठ लगाएतले बोल्दै हात्ति पाईलेको औपषधिले कुनै पनि असर नगर्ने भएकोले सबैले अनिवार्य सेवन गरि गलत होहल्लामा पछि नलागि अभियान सफल पार्नु पर्नेमा जोड दिनु भयो ।
पोर्तेलको अध्यक्षतामा सम्पन्न बेठकको संचालन कार्यक्रम अधिकृत बेदप्रकाश घिमिरेले गर्नु भएको थियो भने बैठका समिति पदाधिकारीहरु नेकपा भद्रपुरका अध्यक्ष शिवकुमार राजभण्डारी ,नेपाली कांग्रेस झापा क्षेत्र नं ३ का क्षेत्रीय सभापति गणेश पोखरेल ,पत्रकार महासंघ झापका कोषाध्यक्ष ईश्वर अधिकारी लाएतको सहभागिता रहेका थियो ।































