भद्रपुर , झापाको चन्द्रगढी सेवा समाजले स्थापनाको पहिलो बार्षिक साधाराण सभाको अबसरमा एक दिने निःशुल्क स्वास्थय शिविर सम्पन्न गरेको छ ।
संस्थाको भद्रपुर १० स्थित विपी चोकमा सम्मपन्न शिविरमा गाईनो ,आंखा र फिजीसियन सहित जम्मा ४ सय माथिका विमारीहरुले सेवा लिएका थिए ।
यसरी सेवा लिनेहरुमा सबै भन्दा बढी २ सय ५३ जना आंखाका रोगीहरुले सेवा लिएका थिए भने गाईनोका ५१ जना र फिजीसियनका ६७ जना विमारीहरुले सेवा लिएको समाजका अध्यक्ष कमलप्राद अधिकारीले बताउनु भयो ।
शिविरमा गाइनो तथा फिजिसियन सम्बन्धि निःशुल्क सेवा ओम साई पाथीभरा अस्पताल भद्रपुरले , आंखा परिक्षण मेची नेत्रालय कांकड भिट्टा र निः शुल्क औषधी वितरण भद्रपुर नगरपािलकाकी उप प्रमुख चन्द्रमाया श्रेष्ठले प्रदान गर्नु भएको थियो ।
समाजका अध्यक्ष कमलप्रसाद अधिकारीको अध्यक्षता तथा झापा क्षेत्र नं १ प्रदेश सांसद गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रजातन्त्रका लागि योदान दिने झापाकी योद्धा बृद्धाआमा हर्षकुमारी थपलीयालाई सम्मान समेत गरिएको थियो ।
समाजकी सचिव देवीमाया अधिकारीको संचालन तथा उपाध्यक्ष नयांनाथ पाण्डेको स्वागत मन्तव्य सहित शुरुवात गरिएको शिविर उद्घाटन सत्रमा नगर प्रमुख जीवनकुमार श्रेष्ठ ,उपप्रमुख चन्द्रमाया श्रेष्ठ,बालमैत्री अभियानता दिपक पाण्डे लगाएतको सहभागिता रहेको थियो ।































