सहाराद्धारा वित्तिय साक्षरता तालिम

२१ माघ २०७६, मंगलवार मा प्रकाशित

बिर्तामोड ।

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लक्ष्मीपुर तथा कनकाई नगरपालिका वडा नं. ९ को संयुक्त आयोजनामा मंगलवार दुना टपरा गास्ने, बाती कात्ने तथा वित्तिय साक्षरता तालिम भएको छ ।

आर्दश विद्या मन्दिर प्राविधिक माध्यमिक बिद्यालय कनकाई–९ घैलाडुब्बामा अध्ययनरत कक्षा ८ र १० का ४५ जना बिद्यार्थी तालिममा सहभागी थिए ।

दुनाटपरी तथा बाति कात्ने तालिमको सहजी करण लता श्रेष्ठ र मुना सिटौला र वित्तिय साक्षरताको सहजीकरण मात्रिका सुवेदीले गरेका थिए ।

कनकाई वडा नं. ९ का अध्यक्ष प्रेमप्रसाद राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा कनकाई नगर उपप्रमुख मञ्जु प्रसाईको प्रमुख आतिथ्यता तथा सहारा नेपाल साकोसका उप निर्देशक लक्ष्मण खतिवडाको विशेष आतिथ्यता रहेको थियो ।

स्वागत सहारा नेपाल साकोस लक्ष्मीपुर सेवा केन्द्रका प्रमुख उमेश भारतीले गरेको कार्यक्रममा कनकाई वडा नं. ९ की सदस्य शान्ता चुडाल, प्रशिक्षक लत्ता श्रेष्ठ, बिद्यालयका प्रधानाध्यापक धर्मानन्द निरौला, सहारा साकोसका उपनिर्देशक लक्ष्मण खतिवडा, प्रमुख अतिथि प्रसाईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा कनकाई नगर कार्यपालिका सदस्य सुनिता सिग्देल, कनकाई ९ का सदस्य नरमान श्रेष्ठलगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन लक्ष्मीपुर सेवा केन्द्रका कर्मचारी खगेन्द्र निरौलाले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here