बिर्तामोडमा टीभीएस एनटर्क १२५ रेस एडिसन स्कुटर

२१ माघ २०७६, मंगलवार मा प्रकाशित

बिर्तामोड, दुई पाङग्रे र तीन पाङ्ग्रे सवारी साधनहरुका लागि प्रतिष्ठित टिभीएस मोटर कम्पनीले झापाको बिर्तामोडमा टीभीएस एनटर्क १२५ रेस एडिसन स्कुटरको सार्वजनिक गरेको छ ।

नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले टीभीएसको बिर्तामोडका लागी आधिकारिक बिक्रेता पाथिभरा अटोलिंकबाट स्कुटर सार्बजनिक गरेको हो ।

पाथीभरा अटोलिंकका सञ्चालक सजेश शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई , वीरता लेडी जेसीजकी अध्यक्ष सुष्मा पौडेल , नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष कृष्ण हुमागाईं , मारवाडी युवती मञ्चकी अध्यक्ष मुनमुन अग्रवाल , मारवाडी महिला मञ्चकी अध्यक्ष रिना गोयल लगायतले टीभीएस एनटर्क १२५ रेस एडिसन स्कुटरको सार्वजनिक गरेका थिए ।

कार्यक्रममा जगदम्बा मोटर्सका विटिएल हेड समिर आचार्यले टीभीएस एनटर्क १२५ रेस एडिसन ग्राहकहरूमाझ लोकप्रिय बन्ने बताए । उक्त स्कुटरमा रेस एडिसनमा एलइडी डिआरएल र एलइडी हेडल्याम्प, हजार्ड ल्याम्प अर्थात आकस्मिक बत्तीसमेत रहेको कम्पनीले जनाएको छ । जुन रातो रंगको हजार्ड स्वीचद्वारा इनेबल गर्न सकिनेछ । स्कुटर शानदार तीन संयोजन– म्याट ब्ल्याक, मेटालिक ब्ल्याक र मेटालिक रेड रंगमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

२ लाख ४६ हजार ९ सय मूल्य रहेको स्कुटर सार्वजनिकका अवसरमा ६ वटा विक्री भइसकेको पाथिभरा अटोलिंकका सञ्चालक सजेश शिवाकोटीले जानकारी दिए । सोही अवसरमा टीभीएस एनटर्क १२५ रेस एडिसन खरिदकर्ता लिलामणि त्रिताललाई प्रमुख अतिथि भट्टराईले स्कुटरको चावी हस्तान्तरणगरेका थिए ।
कार्यक्रमको सञ्चालन पत्रकार तुलसीप्रसाद निरौलाले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here