विद्यार्थीलाई स्कूल ब्याग प्रदान

0
1346

बिर्तामोड।

बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले एक सामुदायिक बिद्यालयमा अध्ययनरत् विद्यार्थीलाई स्कूल ब्याग प्रदान गरेको छ ।

संस्थाले बिर्तामोड .८ मा रहेको शुक्रराज आधारभूत विद्यालयमा अध्ययनरत् १४७ जना विद्यार्थीलाई स्कूल ब्याग प्रदान गरेको हो ।

संस्थाको सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त बिद्यालयका कक्षा नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई स्कूल ब्याग प्रदान गरिएको हो ।

संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद सुवेदीले स्वागत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि प्रसाईं , बिर्तामोड ८ का कार्यवाहक अध्यक्ष दिपक भट्टराईलगायतले संस्थाले गरेको कार्यको प्रसंशा गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव सुवास भट्टराईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here