छिन्नमस्ता मन्दिर परिसर सौन्दर्य बढाउँदै

0
503

राजविराज,

छिन्नमस्ता भगवती मन्दिर परिसरलाई सौन्दर्यीकरण गर्न कार्यक्रम शुरुआत गरिएको छ ।

समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव र प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले बुधबार यहाँ आयोजित कार्यक्रममा संयुक्त रुपमा कार्यक्रमको शुभारम्भ गर्नुभयो ।

‘मुख्यमन्त्री स्वच्छता अभियान’अन्तर्गत करिब रु छ करोड ३० लाखको लागतमा मन्दिर परिसरमा रहेको पोखरी, धर्मशालालाई सौन्दर्यीकरण गर्न लागिएको जनाइएको छ ।

आगामी १५ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएको प्रदेश नं २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here