हत्याको कारण ‘अनैतिक सम्बन्ध’

0
1049

भद्रपुर।

अण्डकोषसहितको गुप्ताङ्ग काटेर परालको कुन्युमा जलाएर हत्या गरिएका व्यक्ति भारतीय नागरिक सुभान शेख भएको खुलेको छ ।

उनको परस्त्रीसंगको अनैतिक सम्वन्धका कारण हत्या भएको हुन सक्ने आशंका गरिएको छ । बिर्तामोड नगरपालिका–२ चारपानेमा डेरा गरी बस्ने अन्दाजी ४० वर्षीय शेख भारतीय नागरिक हुन् । शेखकी श्रीमती सुष्माले जलेका व्यक्तिको औंठी, चप्पल, स्वीटर र औंलाका आधारमा आफ्ना श्रीमान भएको भन्दै सनाखत गरेसंगै जलाएर मारिएका व्यक्ति सुभान नै भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।

मंगलवार विहान जलेको अवस्थामा शव फेला परेको थियो । नचिनिने अवस्थामा शव फेला परेपछि पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रहरीले शब पठाएको थियो । शव पहिचानका लागि उनकी श्रीमती सुष्मासहित सासू र ससुरालाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको थियो ।

बिर्तामोड–२ चारपाने निवासी एनकुमार राजवंशीको खेतमा राखेको परालको कुन्यूमा मंगलवार बिहान ९ बजे जलेको अवस्थामा शव फेला परेपछि घटना रहस्यमय बनेको थियो । घटनास्थल नजिकै पुरुषको संवेदनशील अङ्ग (अण्डकोषसहितको गुप्ताङ्ग) काटेर फालिएको अवस्थामा शव फेला परेपछि घटना रहस्यमय बनेको हो । घटनाको प्रकृति हेर्दा हत्या गरी घटनालाई ढाकछोप गर्न शवलाई परालले छोपेर जलाइएको स्थानीयले आंशका गरेका थिए ।

यता प्रहरीले शवको मुचुल्का उठाउनु अघि संघीय इकाई प्रहरी कार्यालय धरानबाट तालिम प्राप्त कुकुर झिकाएर घटनास्थलको अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

स्थानीय एनकुमारको खेतमा राखिएको परालमा सोमवार राति १२ बजेदेखि आगो लागेको थियो । सोही ठाउँमा जलेको अवस्थामा शव भेटिएको हो– प्रहरी उपरीक्षक श्रेष्ठले भने– घटनाको विषयमा अनुसन्धान भइरहेको छ ।

सोधपुछका लागि तीन जना नियन्त्रणमा

घटना पश्चात् चारपाने निवासी रहमान शेखका ज्वाइँ सुभान हराएको र नजिकै खेतमा पुरुषकै शव जलेको अवस्थामा फेला परेपछि प्रहरीले ससुरा रहमान, सासू रहाना शेखसहित उनकी श्रीमती सुष्मा शेखलाई मंगलवार नियन्त्रणमा लिएको थियो । उनीहरुलाई प्रहरीले बुधवार तारेखमा छाडेको छ ।

मजदुरी पेशा गर्दै आएका सुभान ससुरालीमा बसेका थिए । केही महिना अघि सुभान र सासू रहानाबीच घरायसी विवाद भएपछि उनी ससुराली छाडेर एक्लै डेरामा बस्दै आएका थिए । उनका एक छोरा र एक छोरी छन् ।

सुभानकै शव पुष्टि हुँदा उनको संवेदनशील अङ्ग काटेर फाल्नु अरू कुनै कारण हुनै सक्दैन’– प्रहरीले स्रोतले भन्यो– ‘घटना अनैतिक सम्बन्धले जोडिएको हुनुपर्छ, अन्य महिलासँग अनैतिक सम्बन्ध रहेको परिवारजनका सदस्यले थाह पाएपछि हत्या घटनालाई सुनियोजित बनाइएको हुनुपर्छ– जिल्ला प्रहरी कार्यालय झापाका नायव उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले भने– मजदुरी गरी खाने व्यक्तिको अरू घटनामा परी हत्या हुनै सक्दैन, अनुसन्धानपछि घटना पक्कै खुल्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here