एभरेष्ट स्मार्टको दोस्रो वार्षिकोत्सव

0
842

बिर्तामोड।

झापाको बिर्तामोड– ६ बुट्टावारीस्थित एभरेष्ट स्मार्ट एजुकेशन एकाडेमीको दोस्रो बार्षिकोत्सव सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवीप्रसाद गिरीको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा न्यूटन्स एजुकेसन एकेडेमीका निमित्त प्रिन्सिपल देवेन्द्र हुमागाईंले स्वागत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका उपप्रमुख प्रसाईंले एभरेष्ट स्मार्ट एजुकेसन एकाडेमीले रचनात्मक काम गरिरहेकोले नगरपालिकाले प्राथमिकतामा राखेको बताउँदै विद्यालयका संस्थापक हरिकुमार प्रसाईंले गरेको शैक्षिक योगदानको चर्चा गरिन् ।

त्यस्तै बिर्तामोड नगरपालिका वडा नं. ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्गवाले आफ्नो वडामा सुविधासम्पन्न विद्यालय स्थापना गरेर गुणस्तरीय शिक्षा प्रदान गरेकोमा एभरेष्ट स्मार्ट एजुकेसन एकाडेमीलाई स्थायित्व दिन र प्रवद्र्धन गर्न सदैव सहयोग गर्ने बताए ।

त्यस्तै देवी माध्यमिक बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानुराम प्रसाईले शैक्षिक क्षेत्रमा बिद्यालयले पुर्याएको योगदानको चर्चा गरेका थिए । ओलम्पिक टर्च वालेर शुरुवात गरिएको कार्यक्रममा विद्यार्थीले स्वागत गीत, नृत्य, मार्चपास, खुकुरी नृत्य, कौडा नृत्य, प्रस्तुत गरेका थिए ।

त्यस्तै विद्यालयको लोगो ड्रिल, विद्यार्थीको कपडा ड्रिल, कराते काता, फाइट, अभिभावकहरुको एक सय मिटर दौड लगायत प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न खेलकुद विधामा विजयी हुने विद्यार्थी, अभिभावक र २०७५ सालमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो ।

२०७५ सालमा शत्प्रतिशत हाजिरी हुने विद्यार्थी, सफासुग्घर हुने विद्यार्थी, वर्ष उत्कृष्ट विद्यार्थी, अनुशासित विद्यार्थी, क्रिएटिभ विद्यार्थी, सहयोगी विद्यार्थी, खेलकुदको क्षेत्रमा वर्ष उत्कृष्ट विद्यार्थी, वर्षको उत्कृष्ट सदन, कक्षागत उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो ।

एभरेष्ट स्मार्ट एजुकेसन एकाडेमीका म्यानेजिङ डाइरेक्टर आशिष प्रसाईंले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन शिक्षक शिव वराइली, प्रतिमा घिमिरे, बिद्यार्थी विभूति खनाल र एरिस शर्माले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here