कनकाई खेलकुद प्रतिष्ठानको नेतृत्व चयन

0
759

सुरुङ्गा ।

झापाको सुरुङ्गा कार्यालय रहेर नगर तथा जिल्लाभर खेलकुद प्रतियोगिता तथा खेलाडी उत्पादनको काम गर्दै आइरहेको कनकाई खेलकुद प्रतिष्ठान (कासा)को अध्यक्षमा अगुवा युवा नेता दिनानाथ खतिवडा सर्वसम्मत चयन भएका छन् ।

पाचांै वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले खतिवडाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । समितिको उपाध्यक्ष विनोद उप्रेती र झलक सिटौला, सचिव बिनोद रानामगर, सहसचिव मान्ता खरेल र कोषाध्यक्षमा अम्बिका खरेल रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा गोविन्द सुवेदी, नवीन सिटौला, हरि कार्की, केशव शिवाकोटी, ईश्वरा थापा, मोहन थापा, रमेश मैनाली र खगेन्द्र सेलवाल रहेका छन् ।

प्रतिष्ठानका अध्यक्ष दुर्गाप्रसाद प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय खेलाडी भीष्म चुडाल (सुरुङ्गा) लाई सम्मान गरिएको थियो । चुडाललाई कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य प्रेम गिरी, विशिष्ट अतिथि प्रदेशसभा सदस्य हीराकुमार थापाले सम्मान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here