महारानीगञ्ज माविको ६२औं वार्षिकोत्सव

0
1132

अर्जुनधारा।

झापाको अर्जुनधारा–११ सालबारीमा रहेको महारानीगञ्ज माध्यमिक विद्यालयको ६२औं वार्षिकोत्सव शुरु भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोहितमान ढकालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख हरिकुमार रानाले उद्घाटन गरेका थिए ।

प्रधानाध्यापक मनबहादुर लिम्बूले स्वागत गरेको कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई विद्यालयले सम्मान र प्रशंसा पत्रबाट सम्मानित गरेको थियो । यसरी सम्मानित हुनेहरुमा अर्जुनधारा–११ वडा समितिका अध्यक्ष भैरवबहादुर खड्का, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलिराज इङनाम र पूर्व प्रधानाध्यापक बच्चेलाल चौधरी रहेका छन् ।

त्यसैगरी अभिभावकतर्फ प्रमिला भट्टराई र सुकमती चौधरी तथा वर्ष उत्कृष्ट शिक्षकबाट शिक्षकद्वय दुर्गा ओझा र भीमबहादुर भारतीलाई नगदसहित प्रशंसा पत्रबाट सम्मानित गरिएको थियो ।
सोही कार्यक्रममा दाता रोहितकुमार भट्टराईद्वारा स्थापित देवीमाया–सूर्यप्रसाद भट्टराई उत्कृष्ट शिक्षा पुरस्कारबाट कक्षा ८ की छात्रा मुस्कान दासलाई नगद तीन हजार एक सयसहित प्रशंसा पत्रबाट पुरस्कृत गरिएको थियो ।

दाता भट्टराईका बुबा सूर्यप्रसादले उक्त पुरस्कार प्रदान गरेका थिए । त्यस्तै विद्यालयका सेवानिवृत्त शिक्षक महानन्द बरालसहित अन्य शिक्षकद्वय अनिता शिवाकोटी र नरेश पौड्याललाई विदाइ गरिएको थियो ।

कार्यक्रममा नगर शिक्षक महासंघका अध्यक्ष पुण्य सुवेदी, दाता भट्टराई लगायतले मन्तव्य व्यक्त गरेका थिए । तीन दिनसम्म सञ्चालन हुने वार्षिकोत्सव अन्तर्गत अन्तर सदन खेलकुद प्रतियोगिता, सांस्कृतिक कार्यक्रम र दोस्रो वडाध्यक्ष नगरस्तरिय अन्तर माध्यमिक विद्यालय फुटबल प्रतियोगिताको फाइनल खेल तथा खेलकुद प्रतियोगिताको पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको प्रधानाध्यापक लिम्बूले जानकारी दिए ।

विद्यार्थीहरुले स्वागत नृत्य तथा कराते खेल प्रदर्शन गरेको कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक लीलाधर चौलागाईंले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here