नियोजित रुपमा फसाइयो गच्छदारलाई : कांग्रेस

२३ माघ २०७६, बिहीबार मा प्रकाशित

काठमाडौँ।

कांग्रेस उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदारविरूद्ध ललिता निवास जग्गा प्रकरणमा अख्तियारले मुद्दा दायर गरेपछि कांग्रेसले नियोजित रूपमा फसाइएको जनाएको छ ।

बिहीबार बिहान सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा कानुन व्यवसायीसँग छलफल गर्दे कांग्रेसले गच्छेदारलाई नियोजित रुपमा फसाइएको जनाएका हो ।

बैठकमा सहभागी सहमहामन्त्री प्रकाशशरण महतले भने, ‘उपसभापति जीको बारेमा नियोजित रुपमा पूर्वाग्राही तरिकाबाट आएको छ, त्यसको पार्टीले प्रतिवाद गर्छ । यो बेठीक हो । गलत हो । यो नियोजित हो । पार्टीको यो नै ठहर छ ।’

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here