बिर्तामोड ।
झापाको विर्तामोड ५ मा रहेको शिखर वचत तथा ऋण सहकारी संस्थाले धुर्मुस सुन्तली फाउन्डेशनले चितवनमा निर्माण गरिरहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि आर्थिक सहयोग गरेको छ ।
गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि शिखर वचत तथा ऋण सहकारी संस्थाले ११ हजार एक सय पाँच रुपैयाँ सहयोग गरेको शिखर वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिपेन्द्र राउतले बताए ।
संस्थाका अध्यक्ष दिपेन्द्र राउत , सचिव हिमालय प्रसाईं , सदस्यहरु किरण पौडेल , किरण थापा, लेखा समितिका संयोजक अर्जुन चापागाईं लगायतले गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणस्थलमा पुगेर धुर्मुस सुन्तली फाउन्डेशनका सिताराम कट्टेल धुर्मुसलाई उक्त रकम हस्तान्तरण गरेको संस्थाका अध्यक्ष राउतले बताए ।
नेपालकै गौरवको रुपमा चितवनमा निर्माण भइरहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग गरिएको उनले बताए ।
धुर्मुस सुन्तली फाउन्डेशनका सिताराम कट्टेल धुर्मुसले शिखर वचत तथा ऋण सहकारी संस्थाले गरेको सहयोगको प्रशंसा गर्दै सवैको सहयोगले गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण हुनेमा आफू ढुक्क रहेको बताए ।


























