राजगढमा २८३ जनाको आँखा जाँच

0
418

बिर्तामोड।

वाह्रदशी गाउँपालिका – ३ राजगढमा २ सय ८३ जनाको आँखा जाँच गरिएको छ । जसमा ३२ जनामा मोतियाविन्द्रको समस्या देखिएपछि मेची आँखा अस्पताल बिर्तामोडमा शल्यक्रिया गरिने भएको छ ।

नेपाल रेडक्रस सोसाइटी वाह्रदशी उपशाखा र वाह्रदशी गाउँपालिका – ३ को संयुक्त आयोजनामा आँखा शिविर सम्पन्न भएको वाह्रदशी – ३ कि वडा सदस्य लक्ष्मी निरौलाले जानकारी दिइन् ।

नेपाल रेडक्रस सोसाइटी १ नम्वर प्रदेशका कोषाध्यक्ष ओमप्रकाश गौतमको प्रमुख आतिथ्यमा भएको शिविरमा मन्त्री चन्द्रप्रसाद चुडाल, उपशाखा सभापति दयानन्द गोश्वामी, लगायतले बोलेका थिए ।

वाह्रदशी गाउँपालिका – ३ का वडा अध्यक्ष वीरेन्द्र प्रसाद राजवंशीको सभापतित्वमा भएको शिविरमा मेची आँखा अस्पताल बिर्तामोडले प्राविधिक सहयोग गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here