आइतबार झापाका तीन स्थानीय तहमा सार्वजनिक विदा

0
857

भद्रपुर,

झापाका तीनवटा स्थानीय तहले आइतबार सार्वजनिक बिदा दिएका छन्।

महाभारतकालीन किम्बदन्तीसँग जोडिएको झापाको भद्रपुरमा मनाइने किचकबध धार्मिक मेलाको अवसरमा भद्रपुर नगरपालिका, कचनकवल र हल्दिबारी गाउँपालिकाले आइतबार सार्वजनिक बिदा दिएका हुन्।

पालिकाहरूले छुट्टाछुट्टै सूचना जारी गरी बिदा दिएको हो। सो दिन स्थानीय तहअन्तगर्तका सम्पूर्ण सरकारी कामकाज बन्द रहनेछ। प्रत्येक वर्ष माघे शुल्क पूर्णिमा अर्थात् स्वस्थानी व्रतका दिन धार्मिक परम्परा अनुसार भद्रपुर २ र ३ नम्बर वडामा रहेको किचकबधमा मेला लाग्ने गरेको छ। यसबर्ष माघ २६ गते आइतबार मेला लाग्ने भएको छ।

किचकवधमा रहेको ऐतिहासिक धार्मिक पोखरीमा माघे शुल्क पूर्णिमा दिन स्वतफुर्त पानी आउने गरेकोले सो पोखरीमा नुहाउँदा व्रतालु भक्तजनहरूले इच्छाएको मनकामना पूरा हुने गरेको धार्मिक विश्वास छ। महाभारत कालीन किम्बदन्तीअनुसार विराट राजाका सालो किचक सेनापति थिए।

पाँच पाण्डवकी रानी द्रौपदीको यौवन र रूप माथि कुदृष्टि राख्ने सेनापति किचकलाई भीमसेनले मुड्क्याएर मारेको किम्बदन्ती छ। सोही कथावस्तुलाई आधार मानेर यस ठाउँका नाम किचकबध नामकरण गरिएको किचकबध ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल संरक्षण समितिका सचिव मदन कँडेलले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here