बुद्धशान्तिमा हात्तीपाइले रोगको जोखिम उच्च

0
1095

दिपेन लावती / शान्तिनगर ।

झापाको बुद्धशान्ति गाउँपालिका हात्तीपाइले रोगको उच्च जोखिममा रहेको छ । हात्तीपाइले (फाइलेरिया) नामक लामखुट्टेको टोकाइबाट एक ब्यक्तिबाट अर्को ब्यक्तिमा सर्ने गर्दछ । पछिल्लो बर्ष दमक, अर्जुनधारा नगरपालिका र झापा गाउँपालिकामा गरिएको सर्वेक्षणमा हात्तीपाइले रोगी भेटिएको थियो । छिमेकी नगरपालिका अर्जुनधारामा रोगी भेटिएकाले बुद्धशान्ति गाउँपालिकामा सर्ने जोखिम उच्च रहेकाले सतर्कता अपनाइएको स्वास्थ्य शाखाले जनाएको छ ।

गाउँपालिकामा हाल एक जना मात्र हात्तीपाइले सक्रमित रोगी भेटिएको तर जोखिम भने उतिकै रहेको स्वास्थ्य शाखाका प्रमुख भोला अधिकारीले जनाए । उनका अनुसार यस बर्ष गाउँपालिकामा ४१ हजार २ सय ५० जनालाई हात्तीपाइले विरुद्धको औषधि र जुकाको औषधि खुवाउने कार्यक्रम छ । यही माघ २५ गतेबाट २९ गतेसम्म सो कार्यक्रम सञ्चालन गर्ने तयारी छ । माघ २५ गते गाउँपालिकाको २५ वटा केन्द्रमा स्वास्थ्यकर्मीले औषधि खुवाउने छन् भने २६,२७,२८ र २९ गते प्रत्येकको घर÷घरमा पुगेर स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयम् सेविकाले औषधि खुवाउने कार्यक्रम छ ।

यसबर्ष गाउँपालिकामा २५ जना स्वास्थ्य स्वयम सेविका र ३३ जना स्वास्थ्यकर्मी सहित ५८ जना जनशक्ति खटिनेछन् । विभिन्न कारण देखाउँदै हात्तीपाइले रोग विरुद्धको औषधि नखाने गरेको तर जनचेतना र अभिमूखिकरण कार्यक्रमवाट औषधि सेवन गर्नेको संख्या बढेको स्वास्थ्य शाखाले जनाएको छ । गत बर्ष बुद्धशान्ति गाउँपालिकामा ८३ प्रतिशतले औषधि सेवन गरेकाले यसबर्ष ९० प्रतिशत पु¥याउने लक्ष्य छ ।

गाउँपालिकाको सात वटै वडामा स्थानीय जनप्रतिनीधि, आमा समूह, विद्यालयका शिक्षक, सामाजिक ब्यक्तित्व, बुद्धिजीवि लगायतको उपस्थितिमा अभिमूखिकरण गोष्ठि सञ्चालन गरिएको छ । हात्तीपाइले रोग निवारण कार्यक्रमको यो ९ औं चरण हो । हात्तीपाइले रोग निवारणको लागि प्रत्येक बर्ष कार्यक्रम सञ्चालन गरिए पनि राम्रो परिणाम आएको छैन् ।

हात्तीपाइले विरुद्धको औषधि गर्भवति महिला, ७ दिन भित्रका सुत्केरी महिला, २ बर्षमुनीका बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकले सेवन गर्न नहुने स्वास्थ्यकर्मीहरुले बताएका छन् । यसबर्ष बुद्धशान्ति गाउँपालिकामा एक लाख १० हजार ६७० वटा डि.ई.सी ट्यावलेट र ४१ हजार २ सय ५० ट्यावलेट (अबलेन्डाजोल) जुकाको औषधि खुवाइने बताइएको छ । वडास्तरिय अभिमूखिकरण गोष्ठिको सहजीकरण गाउँपालिका स्वास्थ्य शाखाका प्रतिनीधि र शान्तिनगर स्वास्थ्य चौकीका प्रमुख भरत खतिवडाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here