मोरङ।

मोरङमा एक महिलाको शव फेला परेको छ । विराटनगर १२ बखरीमा महिलाको शव भेटिएको प्रहरीले जनाएको छ ।
घाँटी काटेको र सलले बेरेको अवस्थामा अन्दाजी २५ वर्षकी युवतीको शव रहेको उखुबारीमा भेटिएको प्रहरीले जनाएको छ ।

शवको पहिचान नखुलेको मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । उनले अनुसन्धान जारी रहेको बताए । प्रहरीले घटना स्थलमा कुकुरको सायतामा अनुसन्धान सुरु गरेको बताइएको छ ।































