कोरोना भाइस विरुद्ध सचेतना जगाउँदै विद्यार्थी

0
699

दुहागढी ।

प्रकोपको रुपमा बढ्दै गएको नोवेल कोरोना भाईरसको संक्रमण वाट वच्न झापाको दुहागढीमा विद्यार्थीहरुले सचेतनामुलक कार्यक्रम सम्पन्न गरेका छन् ।
शुक्रवार स्थानिय वाल सुवोधिनि आधारभुत विद्यालयको बाल क्लबको आयोजनामा विद्यालयवाट सुरु भएको सचेतना ¥याली दुहागढी वजार परिक्रमा गरी विद्यालय पुगेर सम्पन्न भएको थियो ।

विभिन्न नारा अंकित प्लेकार्ड र व्यानर सहतको ¥यालीमा बाल क्लबका विद्यार्थीहरु र शिक्षक शिक्षिकाहरुको सहभागीता रहेको थियो । ¥याली पछि आयोजित सभामा मेचीनगर नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी राम नारायण यादवले कोरोना भाईरसका लक्षण र बच्ने उपाएका बारेमा विद्यार्थीहरुलाई जानकारी गराएका थिए ।

सोही कार्यक्रममा मेचीनगर स्वास्थ्य शाखावाट तयार गरिएको चेतनामुलक पर्चा समेत विद्यार्थीहरुलाई वितरण गरीएको थियो । बाल क्लबको अध्यक्ष अभिषेक कटुवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा शिक्षक पदम प्रसाद मिश्र र प्रधानाध्यापक विश्व थापाले मन्तव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here