कञ्चन स्कूलको १२ औं वार्षिकोत्सव सम्पन्न

0
890

बिर्तामोड ,

कञ्चन इङ्लिस वोर्डिङ स्कूल विर्तामोड ७ विरानको १२ औं वार्षिकोत्सव सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधवप्रसाद चम्लागाईंको अध्यक्षता तथा विर्तामोड नगरपालिकाका नगर शिक्षा शाखा प्रमुख तिलचन भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालयका संस्थापक तथा भाइस प्रिन्सिपल वद्री वाँस्कोटाले स्वागत गरेका थिए ।

विद्यालयका संस्थापक तथा प्रिन्सिपल दिपक चम्लागाईंले बिद्यालयको गतिविधी र भावी कार्ययोजना वारे जानकारी गराएको कार्यक्रममा विद्यालयका संस्थापक सुरेन्द्र खरेल , विर्तामोड ७ की कार्यवाहक वडाध्यक्ष चन्द्रकला पकुवाल , विर्तामोड ६ का वडासदस्य लक्ष्मी वाँस्कोटा , प्याव्सन बिर्तामोड नगर अध्यक्ष उत्तम खनाल , शिक्षक अभिभावक संघका अध्यक्ष श्याम पकुवाल , पूर्व विद्यार्थी निरुषा पकुवाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा उत्कृष्ट पत्रकारको रुपमा पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसीप्रसाद निरौला , ज्येष्ठ नागरिक ईश्वरा पकुवाल र लतिव महम्मद , उत्कृष्ट अभिभावक उर्वसी वेगम , उत्कृष्ट शिक्षकहरु डिल्लीराम चम्लागाईं ,लोकवहादुर लिम्वू र उमा कार्कीलाई सम्मान गरिएको थियो । त्यस्तै विद्यालयका ३१ जना पूर्व विद्यार्थीलाई सम्मान गरिएको थियो भने विद्यालयमा आयोजित खेलकुद प्रतियोगितामा विजयी हुने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा विज्ञान शिक्षक वद्री वाँस्कोटा र सागर कोइरालाको निर्देशनमा कक्षा ७ का विद्यार्थीले जेसीवी र कक्षा ५ का विद्यार्थीले डान्सिङ वल र भेन निर्माण गरी प्रदर्शन गरेका थिए भने विद्यार्थीले राइम्स , गीत , नृत्य , कराते , फेसन सो प्रस्तुत गरेका थिए ।

विद्यालयका पूर्व विद्यार्थी अनिश शिवाकोटीले खेलकुदका सामग्री हस्तान्तरण गरेको कार्यक्रमको सञ्चालन संस्थापक शिक्षक डिल्लीराम चम्लागाईं , विद्यार्थीहरु रोजल सेडाईं , आयुस्मा खनाल , वविता निरौला , नविता वस्नेतले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here