ताप्लेजुङमा जेठाजुद्धारा खुकुरी प्रहार गरी बुहारीको हत्या

0
948

ताप्लेजुङ।

ताप्लेजुङमा जेठाजुले आफ्नै बुहारीको हत्या गरेका छन् । मृत्यु हुनेमा याङबरक गाउँपालिका–२ खाल्टे थेचम्बुकी ३५ बर्षीया शुकमाया लिम्बु रहेको प्रहरीले जनाएको छ ।

हिजो साँझ सवा ५ बजे दाजु भाईको अंश भण्डाको बिषयलाई लिएर बिबाद हुदाँ दाई ४३ बर्षीय पुर्णकुमार लिम्बुले आफ्नै कान्छी भाई बुहारी बिरेन्द्रकुमार लिम्बुको श्रीमती शुकमायालाई धारिलो हतियार खुकुरीले घाँटी र टाँउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

खुकुरी प्रहार गरी बुहारीको हत्या गर्ने जेठाजु पुर्णकुमारलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here