महेन्द्र–रत्नको १२ कोठे भवन उद्घाटन

0
705

बिर्तामोड।

विर्तामोडमा रहेको महेन्द्र–रत्न माध्यमिक विद्यालयमा नवनिर्मित १२ कोठे भवनको एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ ।

उक्त भवनको उद्घाटन प्रमुख अतिथि झापा क्षेत्र नं. २की सांसद पवित्रा निरौला खरेलले गरेकी थिइन् । भवन एक करोड ३१ लाख ३८ हजार एक सय २० रुपैयाँमा निर्माण गरिएको बताइएको छ ।

विद्यालय व्यवस्थापन समितिका सदस्य तथा विर्तामोड वडा नं. ३का वडाध्यक्ष भोजराज सिटौलाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक खड्गप्रसाद खरेलले स्वागत गरेका थिए ।

कार्यक्रममा प्रदेश सांसद एकराज कार्की , राष्ट्रियसभाका पूर्व सांसद डिल्ली सिटौला, बिर्तामोड नगरपालिकाका शिक्षा शाखा प्रमुख तिलचन्द भण्डारी, देवी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष ज्ञानुराम प्रसाईं, विद्यालयका निवर्तमान प्रधानाध्यापक मनबहादुर लिम्वू, पूर्वप्रधानाध्यापक विरेन्द्र गौतम, पूर्वविद्यार्थी समाजका अध्यक्ष राजकुमार पोखरेल, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष रामनारायण चौधरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा निवर्तमान प्रधानाध्यापक मनबहादुर लिम्वू, अवकासप्राप्त शिक्षकहरु कविन्द्र प्रसाईं, किशोर संग्रौला, इन्द्रबहादुर भट्टराई, श्यामकुमारी विष्ट, दिलीप लामा पूर्व कर्मचारीहरु जसबहादुर राई र ज्ञानुमाया राई लगायतलाई सम्मानसहित विदाइ गरिएको थियो ।

सोही कार्यक्रममा विद्यालयको भवन निर्माणमा सहयोग पुर्याउने ५४ जना दाताहरुलाई सम्मान गरिएको थियो भने विद्यार्थीले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सुरेश पाठक स्मृति प्रतिष्ठानले कक्षा ८ देखि १२ कक्षासम्म प्रथम हुने आठ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको थियो भने महजा प्रतिष्ठानले कक्षा नर्सरीदेखि १२ कक्षासम्मका सन्थाल जातिका विद्यार्थीलाई स्कूल व्याग प्रदान गरेको थियो ।

सोही कार्यक्रममा शिक्षक स्व. कल्पना श्रेष्ठको स्मृतिमा उनका श्रीमान् हिमालयप्रकाश कन्दङ्वाले ५ लाख रुपैयाँको अक्षयकोष स्थापनाको घोषणा गरेका थिए ।
कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक भोजराज दाहाल र विद्यार्थी विपना थापा र स्मृति कुँवरले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here