शिवसताक्षी/विनोद सापकोटा,

झापाको शिवसताक्षीमा हात्तिपाईले रोग विरुद्धको औषधी खुवाउने कार्यक्रम शुरु भएको छ । शिवसताक्षी नगरपालिकाकी उपप्रमुख भोजकुमारी नेपाललाई नगर स्वास्थ्य साखाका संयोजक हरि विमलीले हाक्तिपाईले विरुद्धको अल्वेण्डाजोल र डि.ई.सी.नामक औषधी खुवाएर आम औषधी सेवन अभियानको शुरुवात भएको हो ।
हाक्तिपाईले रोगको समस्या अझैपनी निवारण हुन नसकेपछी सरकारले ६ वर्षे कार्यक्रमको समयावधी वढाएर ९ वर्षे पुर्याएको छ । झापा सहित मोरङ्ग र धनकुटामा शनिवार एकै साथ यो कार्यक्रम शुरु भएको छ ।

शिवसताक्षी नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष भैरवकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमा उपप्रमुख भोजकुमारी नेपालले सवै नगरवासीले हाक्तिपाईले रोग विरुद्धको औषधी सेवन गरेर शारिरीक अपाङ्गता हुनबाट वच्न आग्रह गरिन् ।
शिवसताक्षी नगर स्तरिय कार्यक्रम सतासीधाम स्वाथ्य चौकीमा शनिवार देखी सुरु भएको नगरको स्वास्थ्य साखाले जनाएको छ । शिवसताक्षी नगरपालिका स्वास्थ्य साखाका हेल्थ असिस्टेन्ड संजय ठकुरीले सहजीकरण गरेको कार्यक्रममा साखाकी नर्सीङ्ग कर्मचारी निर्मला सिग्देलले आमन्त्रित सहभागीलाई स्वागत गरेको थिईन ।
कार्यक्रममा शिवसताक्षी नगरपालिका वडा नम्बर ९ का अध्यक्ष छलिलाल पाठक, बोर्ड सदस्य गिता खरेल, स्थानीय पत्रकार लगायतको उपस्थिती थियो ।































