बिर्तामोडमा एउटै मण्डपमा छ जना बालिकाको विवाह

0
1355

बिर्तामोड ।

सामान्यतया १८ बर्ष भन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह भनिन्छ । नेपालमा बालिकाको लागि १८ वर्ष भन्दा माथि र बालकको हकमा २० वर्ष भन्दा माथि विवाह गर्न उपयुक्त उमेर भनेर कानुनमा तोकिएको छ ।
तर झापाको अर्जुनधारा–६ स्थित भिमसेन मन्दिरमा शनिवार सात , नौ , एघार वर्षका छ जना वालिकाहरुको सामुहिक े विवाह गरिएको छ ।

बिर्तामोडकी सात बर्षीया आशिन उदास , एघार बर्षीया चादिरा श्रेष्ठ, दमककी नौ बर्षीया नमों श्रेष्ठ , मोरङ खोर्सानेकी नौ बर्षीया नतसा श्रेष्ठ, धरानकी नौ बर्षीया सुजेन श्रेष्ठ र भद्रपुरकी एघार बर्षीया इशिका श्रेष्ठको सामुहिक े विवाह गरिएको हो ।

झट्ट हेर्दा बालविवाह झैं लाग्ने यो विवाह बालविवाह नभएर नेवार समुदायमा गरिने वेल विवाह हो । नेवा ः पासा मुना पुच ः बिर्तामोडले अर्जुनधारा–६ स्थित भिमसेन मन्दिरमा शनिवार छ जना वालिकाहरुको सामुहिक वेल विवाह आयोजना गरी वेलसंग विवाह गरिदिएको हो ।

नेवार पंडित (गुभाजु) असोक ब्रजाचार्यले छ जना कन्याहरुको वेलसँग वैवाहिक कर्म गराएका थिए । नेवार समुदायमा सूर्य र बेलसँग विवाह नगरी मानिससँग बैवाहिक सम्बन्ध जोड्नु हुँदैन भन्ने मान्यता समेत रहेको र जसका कारण नेवार समुदायमा रजश्वला नहुँदै कन्याको बेलसँग विवाह गराईदिने प्रचलन रहँदै आएको गुभाजु असोक ब्रजाचार्यले वताए ।

उनले नेवार समुदायमा बेल जस्तो भयो भविष्यमा दुलहीको वर पनि उस्तै हुने विश्वास रहेको बताउँदै बेलसँग विवाह भएका महिलाले श्रीमानको मृत्युपछि पनि सिन्दुर लगाउन वाधा नपर्ने मान्यता रहेको जानकारी दिए । बेल विवाहपछि विजोर वर्षमा बाह्र दिनसम्म गुफामा राखेर सूर्यदर्शन गराइने र वयस्क भएपछि बरसँग विवाह गराइने उनले बताए ।

नेवा ः पासा मुना पुच ः बिर्तामोडका अध्यक्ष दिनेश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष दिनेश मल्ल, पूर्व अध्यक्ष प्रमेश हलवाई, चन्द्रकुमार राजभण्डारी, श्यामकुमार ताम्राकार, सल्लाहकार दीपक प्रधान, गणेश शाक्य, भिमसेन मन्दिरकाका संस्थापक अध्यक्ष राधादेवी श्रेष्ठलगायतले वेलसंग विवाह भएका छ जना कन्याहरुलाई शुभकामना दिएका थिए ।

बेल विवाहपछि वेलसंग विवाह भएका छ जना कन्याहरुलाई घर–परिवार र आफन्तले उपहार दिएका थिए । । नेवा ः पासा मुना पुच ः बिर्तामोडले विगतका वर्षदेखि नै सामुहिक वेल विवाह गदैृ आएको र यस प्रकारको सामुहिक वेल विवाहले नेवार समुदायको संस्कृति जर्गेना गर्न मद्यत पुग्ने बताए । कार्यक्रमको सञ्चालन नेवा ः पासा मुना पुच ः बिर्तामोडकासचिव कमल श्रेष्ठले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here