चट्याङ लागेर दुई बालबालिका सहित ३ जनाको मृत्यु

0
724

दाङ ।

दाङमा चट्याङ लागेर दुई बालबालिका सहित ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तुल्सीपुर उपमहानगरपालिका ७ स्थित नवलपुरकी गीता चौधरीकी ७ वर्षीया छोरी सृष्टि चौधरी, सोही स्थानकी ४५ वर्षीया लक्ष्मी आचार्य र घोराही उपमहानगर पालिका–११ हापुराका सुर्यबहादुर पुरीका ८ बर्षीय छोरा ताराबहादुर पुरी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङ्गका अनुसार चौधरी र आचार्यको राप्ती लाइफ केयर अस्पताल तुल्सीपुरमा उपचारको क्रममा तथा पुरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमाल्याउँदै गर्दा बाटैमा ज्यान गएको हो । घटना शनिबार दिउँसो करिव १ बजेको समयमा भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here