हिकोला हेरिटेज होटल काँकरभिट्टाको उद्घाटन

0
1158

काँकरभिट्टा, झापाको मेचीनगर ६ काँकरभिट्टामा पछिल्लो समय सुविधा सम्पन्न र स्तरीय होटल खोल्ने क्रम बढेको छ । यसैगरी आइतबारबाट झापाको विर्तामोडमा रहेको हिकोला हेरिटेज होटल शाखाको रुपमा हिकोला हेरिटेज होटल काँकरभिट्टा विधिवतरुपमा सञ्चालनमा आएको छ । ५ करोड रुपैयाको लगानीमा सुविधा सम्पन्न होटलको १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले एक समारोहविच रिबन काटेर उद्घाटन गर्नुभयो ।


होटल उद्घाटनका क्रममा मुख्यमन्त्री राईले पर्यटन देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेकाले पर्यटनसँग जोडिएका व्यवसायकिक्षेत्रले साथ दिनुपर्नेमा जोड दिनुभयो । उहाँले होटल पर्यटन प्रवद्र्घनको महत्वपुर्ण अंग रहेको बताउदैं देशका धार्मिक एवम् पर्यटकीय स्थलको प्रवद्र्घनमा यस्ता सुविधा सम्पन्न र पर्यटकमैत्री होटलले उल्लेखनिय योगदान पुग्ने बताउनुभयो ।

अहिले नेपाल सरकारले अघि सारेको भ्रमण वर्ष २०२० जारी रहेकाले यसलाई सफल पार्न तीनै तहको सरकारले पर्यटन वर्ष २०२० लाई महत्वका साथ हेरेको र १ नम्बर प्रदेशले विभिन्न क्रियाकलाप गदैं आएको मुख्यमन्त्री राईको भनाई थियो । सरकारको २० लाख पर्यटक भित्रियाउने लक्ष्यलाई पुरा गर्न हरेकक्षेत्र लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । मुख्यमन्त्री राईले मुलुकको आर्थिक विकासको मेरुदण्डको रुपमा पर्यटन क्षेत्रले योगदान दिएको चर्चा गर्दै नेपाल भ्रमण वर्ष २०२० मा प्रदेश नं. १ मा पँच लाख पर्यटक भित्र्याउने प्रदेश सरकारको लक्ष्य रहेको बताउनुभयो । उहाँले १ नम्बर प्रदेश सरकारको यो लक्ष्यलाई पुरा गर्न सम्पुर्ण १ नम्बर प्रदेशवासी काधमा काँध मिलाएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

झापाको विर्तामोडमा पाँच वर्ष अघिदेखि होटल सञ्चालन गरेर पर्यटन व्यवसायमा स्थापित उद्यमी देबीभक्त श्रेष्ठले काँकरभिट्टामा होटल सञ्चालनमा ल्याउनुभएको हो ।
नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर आउने विदेशी पर्यटकलाई पूर्वीनाकामा सुविधा पुर्याउने उद्देश्यले होटल स्थापना गरिएको सञ्चालक श्रेष्ठले बताउँनुभयो । नेपाल आउने पाहुनालाई पूर्वीद्वार काँकरभिट्टामा न्यानो स्वागत तथा सत्कार गर्न हिकोला हेरिटेज प्रतिबद्ध रहेको उहाँको भनाई थियो ।

सुविधासम्पन्न २१ वटा कोठा र २०० जना अट्ने क्षमताको दुईवटा सभाहल रहेको छ । कार्यक्रममा पूर्वमन्त्री जितु गौतम, संविधानसभा सदस्य मनकुमार गौतम, संविधानसभा सदस्य उषा गुरुङ, प्रदेश सांसद् श्रीप्रसाद मैनाली, होटलकी सञ्चालिका उर्मिला बिमली लगायतको उपस्थिति रहेको थियो ।

तस्वीर https://loktantrapost.com/?p=18488 बाट लिइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here