बुद्धत्व प्राप्तिको प्रस्थानविन्दु अनोेमाघाटमा पूर्णिमा उत्सव

0
563

परासी,

लुम्बिनी भ्रमण वर्षका अवसरमा ऐतिहासिक धार्मिक एवं पुरातात्विकस्थल ‘अनोेमाघाट’मा पूर्णिमा उत्सव मनाइयो । प्रदेश ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको समन्वयमा आइतबार साँझ उत्सव मनाइएको हो । भगवान् गौतम बुद्धले बुद्धत्व प्राप्तिका लागि केश मुण्डन गरी गेरु वस्त्र धारण गरेको स्थलका रुपमा सो घाट सुपरिचित छ ।

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ मा अवस्थित सो घाटलाई पर्यटकीयस्थलका रुपमा विकसित गरी पर्यटन प्रवद्र्र्धन गर्ने उद्देश्य प्रदेश सरकार र सुस्ता गाउँपालिकाले राखेका छन् । कार्यक्रममा प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले ऐतिहासिकस्थलको पूर्वाधार विकासमा सहयोग गरिने जानकारी दिनुभयो । सो घाट बुद्धको अस्तु धातु रहेको ऐतिहासिक रामग्राम स्तूपबाट पूर्वतर्फ नारायणी अनोमा नदीको किनारमा अवस्थित छ ।

यही स्थललाई बुद्धको बुद्धत्व प्राप्तिको प्रस्थान विन्दु मानिन्छ । मान्छे किन बिरामी हुन्छ, किन दुःख पाउँछ, सुख पाउन के गर्नुपर्छ, किन मर्नुपर्छ भन्ने जान्न बुद्धले दरबार त्यागेर ज्ञानको खोजीमा निस्कँदा २९ वर्षका उमेरमा अनोमा नदी ९त्रिवेणी नदी०मा टाउको मुण्डन गरेर सन्न्यासी भएको बताइएको छ । बुद्धले अनोमा नदीमा दरबारिया लुगा खोलेर भिक्षुको पहेँला लुगा ९गेरु वस्त्र० लगाउनुभएको इतिहासविद् डा गितु गिरीले जानकारी दिनुभयो ।

अनोमाघाटलाई व्यवस्थित गरी पौराणिक पर्यटकीयस्थलका रुपमा विकास गर्नुपर्ने उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले बताउनुभयो । “अनोमाघाटको विकासका लागि प्रदेश सरकारले चासो देखाएको छ, स्थानीयस्तरबाट पनि यस क्षेत्रको प्रचारप्रसार र विकासका लागि चासो दिनुपर्ने आवश्यकता छ, यस स्थलको व्यापक प्रचारप्रसार गरी पर्यटक भित्र्याउन हामीले पहल थालेका हौँ”, उहाँले भन्नुभयो ।

पुरातात्विकस्थलको खोज, अनुसन्धान र विकास गर्न गाउँपालिका र प्रदेश सरकार लागिपरेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिनुभयो । “लुम्बिनी, रामग्राममा आउने पर्यटकलाई अनोमाघाटसम्म ल्याउने गरी विकास आवश्यक छ, प्रदेश सरकारले पनि दश बुद्धस्थलमध्ये एक महत्वपूर्ण स्थलका रुपमा प्राथमिकता दिएको छ”, उहाँले भन्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here