कछुवा उद्दार तथा संरक्षण केन्द्रको कार्यक्रम सम्पन्न

0
1352

विर्तामोड ।

झापाको सालबारी स्थित कछुवा उद्दार तथा संरक्षण केन्द्रले आफ्नो पाँचौ स्वयम् सेवक दिवस मनाएको छ ।

प्रत्येक वर्षको माघ २७ गते संस्थाले विभिन्न कार्यक्रम गर्दै यो दिवस मनाउने गरेको छ । स्नातक तहका वातावरण विज्ञान र सामाजिक कार्यमा अध्यनरत मेची बहुमुखी क्याम्पस र मनकामना क्याम्पस गरी करिब ४० जनाको उपस्थिति रहेको उक्त कार्यक्रममा कछुवालाई आधारभूत कुराहरुको निर्माण र मर्मत संम्भार गरिएको थियो ।

कार्यक्रममा मेची क्याम्पसकी शिक्षिका राशिका पोख्रेलले कामसंगै कछुवाहरुलाई त्यसको उपयोगिता पनि जान्न पाउँदा अझ जागर बढेको जानकारी दिइन । कार्यक्रममा शहिद उद्यानका अध्यक्ष्य टंकप्रसाद बराल, नेपालका प्रतिनिधि तपिल प्रकाश राईले आफ्ना भनाईहरु राखेको थिए ।

केन्द्रमा हाल ८ प्रजातीका करिव ४५ वटा कछुवाहरु राखिएको र कछुवा सम्बन्धि अध्यन अनुसन्धान गर्ने देश तथा विदेशका शोधार्थीहरु आउने जानकारी कार्यक्रमका सहजकर्ता विज्ञान खरेलले दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here