सिम्रिकका सदस्यलाई घरमै गएर उपचार राहत हस्तान्तरण

0
376

कनकाई ।

सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको सुरुङ्गा सेवा केन्द्रले आफ्ना शेयर सदस्यहरुको उपचारमा भएको खर्चवापत ४६ हजार रुपैयाँ राहत हस्तान्तरण गरेको छ ।

सो सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुको घरदैलोमा नै पुगेर राहत कोषमा संकलित रकमबाट राहत प्रदान गरको हो । सुरुङ्गा सेवा केन्द्र प्रमुख इन्दिरा भट्टरार्ईले दिएको जानकारी अनुसार चारजना सदस्यलाई सोमबार राहत प्रदान गरिएको हो ।

संस्थाबाट उपचार सहयोग र राहत पाउनेहरुमा शर्मिला गिरीको पित्तथैलीको शल्यक्रिया गरिएकाले १७ हजार ५०० र कुमार भट्टराईको शल्यक्रिया खर्च राहतवापत १२ हजार ५०० रुपैयाँ प्रदान गरिएको हो ।

यसरी नै विष्णुकुमार खत्री अधिकारीको औंलाको शल्यक्रिया उपचार राहतवापत १० हजार रुपैयाँ र सुजता बोहोरा कार्कीको पाठेघरको अपरेसन वापत ६ हजार रुपैयाँ प्रदान गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here