मेरोमाइक्रोफाईनान्सले झिलझिलेमा शैक्षिक सामाग्री बाड्यो

0
552

झिलझिले ।

मेरोमाइक्रोफाईनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड झिलझिले शाखाले मंगलबार नगरको वडा नम्बर ८ स्थित एक सामुदायीक विद्यालयका छात्र छात्रलाई शैक्षिक सामाग्री प्रदान गरेको छ ।

झिलझिले माध्यमिक विद्यालयका कक्षा १ देखी ३ सम्मका ४४ छात्र छात्रालाई जनही १ दर्जन कापी, त्यतिनै पेन्सील र शैक्षिक सामाग्री राख्ने झोला वितरण गरिएको हो । गरिव दुखीका छोरा छोरी अध्ययन गर्ने सामुदायीक विद्यालयमा गरिवीकै कारण हुन सक्ने ड्रपआउटको संख्या घटाउन यस्ता कार्यक्रम प्रेरणदायी हुने विद्यालयका प्रधानाध्यापक दिपक न्यौपानेले बताए ।

मुलुकका ५६ जिल्लामा ११० साखा रहेको मेरोमाइक्रोफाईनान्सले सामाजिक उत्तरदायित्व अन्तर्गत सवै साखामा शैक्षिक सामाग्री वितरण गरिरहेको साखाका प्रमुख श्रीकृष्ण खड्काले जानकारी दिए ।

शिवसताक्षी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष केहरशिंह वस्नेतको प्रमुख आतिथ्यता र ईलाका प्रहरी कार्यलय झिलझिले का प्रहरी निरिक्षक कोमल ठाकुर, वडा नम्बर ८ का सचिव पुष्पलाल पाण्डे, शिक्षक संघ शिवसताक्षीका नगर अध्यक्ष विष्णु सुव्बाको विशेस आतिथ्यतामा शैक्षिक सामाग्री विद्यार्थीलाई विद्यालयमै पुगेर फाइनान्सका कर्मचारीले प्रदान गरेका हुन ।

कार्यक्रम साखा प्रमुख खड्काको अध्यक्षतामा भएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडा अध्यक्ष वस्नेतले झिलझिले माध्यमिक विद्यालयमा आगामी शैक्षिक सत्र देखी कक्षा ११ र १२ को अध्ययन अध्यापन हुने जानकारी दिए । फाईनान्सका कर्मचारी सन्तोषकुमार सुतिहारले कार्यक्रम संचालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here