चिल्ड्रेन इन्भारोमेन्टको वार्षिकोत्सव सम्पन्न

0
725

बिर्तामोड ।

झापाको बिर्तामोड १ मा रहेको चिल्ड्रेन इन्भारोमेन्ट स्कूलले फरक तरिकाले वार्षिकोत्सव मनाएको छ । भ्रमण वर्ष २०२० को प्रवद्धर्न गर्दै सेभ इन्भारोमेन्ट ,सेभ मदर अर्थ को थिममा विद्यार्थीले सांस्कृतिक कार्यक्रम गर्नुका साथै अभिभावकलाई जनचेतनामुलक सन्देश समेत प्रवाह गरेका हुन् ।

प्राय ः विद्यालयका वार्षिकोत्सव साँस्कृतिक कार्यक्रममा मात्र केन्द्रित हुने र त्यसले मनोरञ्जन मात्र प्रदान गर्ने भएकाले आफूहरुले विद्यार्थीको सहभागितामा उनीहरुले वर्षभरि सिकेको सीपलाई व्यवहारमा उतारेर अभिभावकलाई जनचेतनामुलक सन्देश प्रवाह गरिएको विद्यालयका प्रिन्सिपल सन्तोष सुव्वाले बताए ।

कार्यक्रममा विद्यार्थीहरुले राइम्स , गीत , कविता , नाटक, साँस्कृतिक , हिपप, आधुनिक नृत्य, मार्सल आर्ट्स , वक्तृत्वकला , लाइभ फाइन आर्टसहित विविध कार्यक्रम प्रस्तुत गरेका थिए ।

कार्यक्रममा कक्षा नर्सरी ,एलकेजी , युकेजी , एकका विद्यार्थीले राइम्स , कक्षा सातकी अविगल राईले वक्तृत्वकला , कक्षा दुईका अमोस किपगेन , कक्षा छ की गरिमा धमला , दिपीका फुयल र कक्षा नौ कि युनिसा तामाङले कविता प्रस्तुत गरेका थिए ।

कक्षा १० कि ऐश्वर्या अधिकारीले अन्य विद्यार्थीको सहभागितामा विद्यार्थी जीवनमा शिक्षकको महत्ववारे प्रकाश पारेको कार्यक्रममा स्कूलको थिएटर गु्रपले प्रशिक्षक दिनेशराज शर्माको निर्देशनमा आमाको महत्ववारे सन्देश दिने मेरोपनि आमा भइदिएको भए शिर्षकको नाटक प्रस्तुत गरेका थिए ।

त्यस्तै नृत्य प्रशिक्षक शंकर विकको कोरियोग्राफीमा कालापानी शिर्षकमा बिद्यार्थीहरुले कालापानी , लिम्पियाधुरा , लगायतका नेपाली भूभाग भारतले अतिक्रमण गरेको बिषयलाई केन्द्रित गर्दै देशको स्वाधिनता बचाउन जुट्नुपर्ने सन्देश दिने नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्राज्ञ पवन राजवंशीको संयोजनमा विद्यार्थीले महाकवी लक्ष्मीप्रसाद देवकोटाको यात्री कविताको कुन मन्दिरमा जान्छौ यात्री कुन मन्दिरमा जाने हो रु शिर्षकमा चित्रकला र कक्षा १० का विद्यार्थी अनुग्रह कडेलको संयोजनमा सेभ इन्भारोमेन्ट ,सेभ मदर अर्थ शीर्षकमा जन्मभूमि र वातावरण वचाउनुपर्छ भन्ने सन्देश दिने चित्रकला प्रदर्शनी गरेका थिए ।

नृत्य प्रशिक्षकहरु एलसी श्रेष्ठ , राज शेर्मा, प्रताप सुनुवार , चन्दन राजवंशी, शंकर विक र पिंकी दास , अनुजा अग्रवालको कोरियोग्राफीमा विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए भने संगीत प्रशिक्षक कृष्ण योञ्जन र रेवतबहादुर मगरको संयोजनमा विद्यार्थीले गीत प्रस्तुत गरेका थिए । त्यस्तै आशिमज्वयल श्रेष्ठ र लक्ष्मण ज्वयल श्रेष्ठको संयोजनमा फेसन सो प्रस्तुत गरेका थिए ।

सिइएस बालक्लवकी अध्यक्ष रेवा पोख्रेलको अध्यक्षता तथा बिर्तामोड नगरपालिका शिक्षा शाखा अधिकृत तिलचन भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शिक्षक रिना सुव्वा र विद्यार्थी दिया पौडेलले स्वागत गरेका थिए ।

कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष गोविन्द कार्की , करियर टे«निङ फाउण्डेशनकी पवित्रा लामालगायतले शुभकामना मन्तव्य राखेको विद्यालयका एकाडेमिक कोअर्डिनेटर बी. डेबिडले बताए । ् कार्यक्रममा शैक्षिक सत्र २०७६ का उत्कृष्ट विद्यार्थीहरुलाई, शिक्षकहरुलाई र जिल्लामा विभिन्न प्रतिस्पर्धामा भाग लिई उत्कृष्ट प्रर्दशन गर्ने विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप पुरस्कृत गरिएको थियो ।

कक्षा ८ कि स्वेक्षा केरुङले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी लिला अनमोल र विद्यार्थीहरु रेवा पोख्रेल , ऐस्वर्या अधिकारी, प्रज्ञा आचार्य सोनम खनाल , गरिमा धमला , बिनिशा लिम्बू, जेनिशा कार्की र अनुग्रह कडेल, युनिसा तामाङ र सुमित अधिकारी , एन्जल लुइटेल र कुशल मिश्र , निर्जला धिमाल र मनिशा राजबसी, आमोस किपगेन र जोश्ना कार्कीले गरेको शिक्षक हर्षना गिरीले जानकारी दिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here