धनकुटा।
धनकुटामा अगुल्टोले टाँउकोमा हिर्काउदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा छथरजोरपाटी–३ लामोगरा बस्ने २९ बर्षीया पवित्रा राई रहेको प्रहरीले जनाएको छ ।
गत शनिवार बेलुका ७ बजे सोही स्थानकी २८ बर्षीया निर्मला श्रेष्ठ र पवित्रा राईको सामान्य बिबाद हुँदा निर्मलाले पवित्रालाई एक्कासी दाउराको अगुल्टोले टाँउको र मुखमा हिर्काउदा शक्त घाईते भएकी पवित्राको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा आज बिहान साढे ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयल धनकुटाले जनाएको छ ।
घटनामा सलग्न निर्मला श्रेष्ठलाई पक्राउ गरिएको उक्त कार्यालयले जनाएको छ।































