कचनकवल गोल्डकप : चर्च व्याइज क्वाटर फाइनलमा

0
690

भद्रपुर ।

चर्च व्याइज युनाइटेड ललितपुर तेस्रो कचनकवल गोल्डकप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइलनमा प्रवेश गरेको छ ।

कचनकवल ६ स्थित बनियानी खेल मैदानमा मङ्गलवार भएको दोस्रो दिनको खेलमा भारत पश्चिम बङ्गालका मानेभञ्ज्याङ फुटबल क्लबलाई एकको विरुद्ध दुई गोल गर्दै चर्च व्याइज सहजै क्वाटर फाइनलमा प्रवेश गरेको हो ।

पहिलो हाफको १७ औ मिनेटमा चर्च ब्याइजका सानुका सुब्बाले सानदार गोल गर्दै टिमलाई अग्रता दिलाए । खेलको २० औँ मिनेटमा मानेभञ्ज्याङका दिनेश लिम्बुले गोल फर्काउँदै खेल बराबरीमा ल्याए । एक-एक गोलले खेल बराबरी रहेको बेला चर्च ब्याइजका मिलन राई २३ औँ मिनेटमा गोल गरे । दोस्रो हाफमा मानेभञ्ज्याङले गोल फर्काउन अवसर गुमाएका थिए ।

राईकै गोल चर्च ब्याइजका लागि निर्णायक बन्यो । खेलको म्यान अफ द म्याच चर्च ब्याइजका मिलन राई घोषित भए । उनलाई नगद दुई हजारसहित गाउँपालिकाका योजना शाखा अधिकृत केशव मैनालीले पुरस्कृत गरेका थिए । बुधवार उर्लाबारी फुटबल क्लब मोरङ र युनाइटेड फुटबल क्लब दार्जिलिङ भारत बिच हुने क्लबका सल्लाहकार संयोजक रत्नबहादुर बुढाथोकीले जानकारी दिए ।

कचनकवल गाउँपालिका खेलकुद विकास समितिको विशेष सहयोग तथा बनियानी युवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगिता फागुन ५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी आठ टिमले सहभागिता जनाएको छ ।

प्रतियोगितामा विजेता टिमलाई नगद एक लाख ५० हजार र उपविजेता टिमलाई एक लाख नगद पुरस्कारसहित विभिन्न विधामा पुरस्कार वितरण गरिने जनाइएको छ । भ्रमण वर्ष २०२० लाई लक्षित गरी नेपालकै होचो भूभाग कचनकवलमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here