हरियाली वनलाई पर्यटकिय वन बनाईने

0
910

बिर्तामोड।

झापाको बिर्तामोड–६ मा रहेको हरियाली सामूदायिक वनलाई पर्यटकीय वनको रुपमा विकास गरिने भएको छ ।

हरियाली सिमसार प्राकृतिक सुन्दरता र जैविक विविधताको संरक्ष गर्दै धार्मिक पर्यटकियक्षेत्रको रुपमा विकासका लागि पर्यकिय सम्भावना बोकेकाले यो वनलाई पर्यटकिय वनको रुपमा विकास गरिने भएको छ । १४५.७६९६ क्षेत्रफलमा फैलिएको हरियाली वन उत्तरमा महेन्द्र राजमार्ग, दक्षिणमा सुन्दर निच्चाझोडा सामुदायिक वन, पश्चिममा देउनिया खोला र पूर्वमा हातेमालो सामुदायिक वनसंग सिमाना जोडिएको छ ।

ख वर्गमा आवद्ध रहि ख वर्गका उपभोक्ताले पाउने सेवा सुविधा पाउँदै आएको यस हरियाली सामुदायिक वनमा ६ सय घरधुरी सदस्यता संख्या रहेको अध्यक्ष जगतकुमार राईले जानकारी दिए । वनलाई विकास गर्दै पर्यटकिय क्षेत्रको रुपमा अभिवृद्धि गर्ने उद्धेश्यले सामुदायिक वनको संरक्षण गर्दै परम्पराबाट फड्को मार्दै वनको संरक्षण, संद्र्धन र सदुपयोगलाई वैज्ञानिकरण गरी बेरोजगार समस्यालाई समाधान गर्दै वनलाई आम्दानीको स्रोतको रुपमा विकास गरिने बताइएको छ ।

हरियाली सामुदायिक वनमा हात्ति, हरिन, जरायो, खारायो, सालक, डेडु बदेल बाँदर लगायतका वन्य जन्तुका साथैविभिन्न प्रजातिका चराचुरुङगी, सर्पका साथै साल, बुढीधँमरो, चिलाउने, करम,लाटी करम क्यमुना, जमुना, कुम्भी, पिपल,बाँस, आँप, फलेदो लगायतका प्रजातिका वन पैदावरहरु पाइने बताइएको छ ।

सामुदायिक वनको विकासका लागि उपभोक्ताहरु लागि परेको र हरियाली सामुदायिक वनलाई झापा जिल्लाकै उत्कृष्ट वनको रुपमा विकास गरिने अध्यक्ष राईले बताए । वनले आर्थिक वर्ष २०७५–७६ मा आन्तरिक काठ बिक्रिबाट १८ लाख ४१ हजार चार सय ८९ रुपैंया, दाउरा बिक्रिबाट दुई लाख ३२ हजार दुई सय ८० रुपैंया आम्दानी गरेको अध्यक्षको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

उक्त रकम आफ्ना उपभोक्ता भित्र हात्ति पिडितलाई सहयोग, अत्तिविपन्न परिवारलाई चन्दा अनुदान, आर्थिक सहयोग, खेलकुद प्रोत्साहन, युवा जागरण कार्यक्रम, बाटो मर्मत साथै अन्य विभिन्न सामाजिक विकासका कार्यक्रमहरु गरिएको बताइएको छ ।

यसैबीच हरियाली सामुदायिक वन उपभोक्ता समूहको १० औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । वनका अध्यक्ष जगतकुमार राईको अध्यक्षतामा भएको कार्यक्रममा डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरे, बिर्तामोड–६ का वडाध्यक्ष सुर्यप्रसाद कदङ्वा, सामुदायिक वन उपभोक्ता महासंघका वेदप्रकाश भण्डारी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा लामो समयसम्म वनको विकासका लागि काम गरेको भन्दै डम्बरबहादुर तामाङ र वनको कामको सिलशिलामा जाँदै गर्दा दुर्घटनामा परि मृत्युभएका चन्द्रबहादुर राईलाई सहिद घोषणा गर्दै उनकी आमा चन्द्रसुवी राई दोसल्ला ओडाएर सम्मान गरिएको थियो । उपभोक्ता समूहका सदस्य मनकुमार भट्टराईले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव कृष्णमाया चौधरीले गरेकी थिइन् । साधारण सभामा अध्यक्ष, सचिव र कोषध्यक्षले वार्षिक प्रतिवेदन समेत प्रस्तुत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here