बिर्तामोडमा लाइमलाइट एजुकेशन एण्ड भिषा सर्भिसेस

२९ माघ २०७६, बुधबार मा प्रकाशित

बिर्तामोड ।

पछिल्लो समय उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीको संख्या ह्वात्तै बढेको छ । उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीको संख्या बढेसंगै उनीहरुलाई शैक्षिक परामर्श दिनका लागि एजुकेशन कन्सल्टेन्सी खुल्नेक्रम समेत बढेको छ । यसैक्रममा झापाको बिर्तामोडमा बुधवारवाट लाइमलाइट एजुकेशन एण्ड भिषा सर्भिसेस सञ्चालनमा आएको छ ।

काठमाडौंमा रहेको वेद इन्टरनेश्नल एजुकेशन कन्सल्टेन्सीको शाखाको रुपमा लाइमलाइट एजुकेशन एण्ड भिषा सर्भिसेस सञ्चालनमा ल्याएको म्यानेजिङ डाइरेक्टर प्रकाश पराजुलीले बताए ।

शैक्षिक क्षेत्रमा कार्यरत् युवा व्यवसायीहरु प्रकाश पराजुली , कुमार सुवेदी , युवराज सुवेदी , राज पौडेल , ओमप्रकाश सापकोटा , गणेश न्यौपाने , कल्याण बुढाथोकी, दिवाकर नेपाल लगायतले उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिने उद्धेश्यले लाइमलाइट एजुकेशन एण्ड भिषा सर्भिसेस सञ्चालनमा ल्याएका हुन् ।

लाइमलाइट एजुकेशन एण्ड भिषा सर्भिसेसबाट उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया, अमेरिका , युके , न्युजिल्याण्ड , क्यानडा , जापान जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिनुका साथै भिषा प्रोसेसिङ, डकुमेन्टेशन लगायतका कार्य हुने म्यानेजिङ डाइरेक्टर प्रकाश पराजुलीले बताए ।

त्यस्तै आईईएलटीएस, टोफल, जिम्याट, जीआरई ,जेएलसिटी , न्याट , जापानिज ल्याङ्ग्वेज लगायतका कक्षा समेत सञ्चालन गरिने उनले वताए । त्यस्तै कनकाई रोडमा रहेको नोभा एजुकेशन फाउण्डेशनको शाखा समेत त्यहिं सञ्चालन गरिएको उनले बताए ।

यसैवीच बिर्तामोडमा आयोजित एक कार्यक्रमका वीच लाइमलाइट एजुकेशन एण्ड भिषा सर्भिसेसको उद्घाटन गरिएको छ । वेद इन्टरनेश्नल एजुकेशन कन्सल्टेन्सीका म्यानेजिङ डाइरेक्टर आशिक कार्कीको अध्यक्षता तथा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का केन्द्रिय उपाध्यक्ष शेषराज भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा लाइमलाइट एजुकेशन एण्ड भिषा सर्भिसेसका ओमप्रकाश सापकोटाले स्वागत गरेका थिए ।

लाइमलाइट एजुकेशन एण्ड भिषा सर्भिसेसका अध्यक्ष कुमार सुवेदीले औचित्यमाथी प्रकाश पारेको कार्यक्रममा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का केन्द्रिय सदस्य डा. पुष्पराज भट्रटराई , नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का झापा अध्यक्ष सुमन शर्मा जमरकट्टेल , जापानिज संस्था जालसानका महासचिव रमेश देवकोटा , बिर्तामोड नगरपालिका ४ का अध्यक्ष कुलप्रसाद संग्रोला , बिर्तामोड नगरपालिकाका नगर शिक्षा अधिकृत तिलचन भण्डारी , वीरेन्द्र मावि चन्द्रगढीका प्रधानाध्यापक टंक पाण्डे ,विद्यार्थी रिजेश अधिकारीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन लाइमलाइट एजुकेशन एण्ड भिषा सर्भिसेसका म्यानेजिङ डाइरेक्टर प्रकाश पराजुलीले गरेको कर्मचारी एलिसा बुढाथोकीले जानकारी दिइन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here