सताक्षी गोल्डकपको तयारी पुरा

२९ माघ २०७६, बुधबार मा प्रकाशित

विनोद सापकोटा/ झापा ।

आगामी फागुन ३ गतेदेखि हुने भनिएको तेश्रो संस्करणको ‘सताक्षी गोल्डकप २०७६’ एक दिन पछि धकेलिएको छ ।
एन्फाले जारी लिगको कारण देखाउँदै फागुन ४ गतेबाट सुरु गर्न आयोजकलाई भनेको छ । फागुन ३ गते लिगको अन्तिम खेल हुँदैछ । आयोजकले वुधबार पत्रकार सम्मेलन गरि प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ ।

झापा झिलझिलेको गणेशमानसिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा हुने प्रतियोगिता अब फागुन ४ गतेदेखि ११ गतेसम्म सञ्चालन हुनेछ । भारतको एकसहित आठवटा टिम सहभागी हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक सतासीधाम स्पोर्टिङ क्लबका उपाध्यक्ष फुर्वा तामाङले बताए ।

आयोजकले खेल मैदान सम्याउने र जस्ताको घेराबारा लगाउने काम सम्पन्न गरेको छ । अघिल्ला संस्करणभन्दा उत्कृष्ट र भव्य बनाउन दर्शक प्याराफिट पनि मजबुद र स्तरीय बनाइएको आयोजकले दावि गरेको छ । १० हजार दर्शक क्षमताको बाँसको अस्थायी प्याराफिट निर्माण गरिएको हो ।

तेस्रो संस्करणको सताक्षी गोल्डकपमा मनाङ मस्र्याङ्दी क्लब, थ्री स्टार क्लब, त्रिभुवन आर्मी क्लब, रुपन्देही ११ फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, गोर्खा ब्वाइज फुटबल क्लब, बेलबारी फुटबल क्लब मोरङ, आयोजक टिम र भारत दार्जि्लिङको एमएफसीले सहभागिता जनाउने तामाङले जानकारी दिए ।

प्रतियोगिताका विजेताले ६ लाख नगद पाउनेछ भने उपविजेताले ३ लाख पाउनेछ । आयोजक समितिका आर्थिक विभाग प्रमुख सनम इजमले प्रतियोगिता सञ्चालन गर्न ७६ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको बताए । प्रतियोगिताका म्यान अफ दि सिरिजको पुरस्कार ५० हजार र हाइ स्कोररलाई २५ हजार नगदै पुरस्कार प्रदान गरिने भएको छ ।

त्यस्तै, उत्कृष्ट मिड फिल्डर, फरवर्ड, डिफेन्स, गोल किपर र उत्कृष्ट प्रशिक्षकको पुरस्कार राशी जनही २० हजार र म्यान अफ दि म्याचको १० हजार रहेको आयोजकले जनाएको छ । सताक्षी गोल्डकपको पहिलो संस्करणको उपाधि नेपाल पुलिस क्लब र दोस्रो संस्करणको उपाधि त्रिभुवन आर्मीले हात पारेको थियो ।

शिवसताक्षी नगरपालिकाको सम्योजनमा हुने तेश्रो संस्करणको प्रतियोगिताका लागि नगरपालिकाले १० लाख प्रदान गरेको छ । नगर प्रमुख चन्द्रकुमार सेर्माले वोर्ड वैठकबाट वहुमतले निर्णय गर्दे सताक्षीगोल्डकपका लागि १० लाख भुक्तानी दिने निर्णय भएको वताए ।

प्रतियोगितामा झापा ११ समावेस नभएको विषयमा सामाजिक संञ्जालमा टिकाटिप्पणी हुन थालेको छ । आयोजकले झापा ११ टिमका पहिलो रोजाईका खेलाडी ए डिभिजनका टिममा अनुवन्ध भएकाले उनै खेडाली तेश्रो संस्करणको प्रतियोगितामा अन्य टिमबाट खेल्ने समितिका उपाध्यक्ष तामाङ्गले वताए । झापा ११ प्रतिष्ठीत टिम भएपनी पहिलो रोजाईका अधिकाँस खेलाडी काठमाण्डौका ए डिभिजनका टिममा समावेस भएको उनले वताए ।

दमक र सुरुङ्गामा हुने गोल्डकपले केहि वर्ष देखी निरन्तरता नपाईरहेका वेला आम दर्सकले सताक्षी गोल्डकपलाई अर्थपुर्ण ढँगले मुल्याँकन गर्न थालेका छन । स्थानीय एक पुर्वखेलाडीले भने,‘ माईपश्चिम झापाका दर्सकका लागि सताक्षी गोल्डकप ले छुट्टै इतिहास कायम राखेको छ ।’

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here