शिवसताक्षीमा कृषि मेला

0
742

विनोद सापकोटा/ शिवसताक्षी ।

शिवसताक्षी नगरपालिका कृषि उपज उत्पादनको ठुलो सम्भावन रहेको नगर हो । नगरको वडा नम्बर २,३,४,५,६,७ मा कनकाई सिचाई प्रणालीको नहरबाट त्यहाँको खेतियोग्य जमिनमा वाहैमासा सिचाई सुविधा छ ।

नगरको करिव ७४ प्रतिसत भुभाग कनकाई सिचाई को नहरको पानीले सिचाईहुने गरेको छ । नगरले किसानलाई कृषी पेसामा आत्मनिर्भर बनाउन वर्षेनी नयाँ नयाँ प्रकृतीका कार्यक्रम ल्याईरहेको छ । दुईसाता अघिमात्र नगरले ५६ लाख वरावरको कृषीमा प्रयोग हुने उपकरण वितरण गर्यो । नगरको अनुदानमा कृषी उपकरण पाएर मख्ख परेका किसानलाई फेरी उनिहरुले उत्पादन गरेका कृषी उपजलाई प्रदर्शनीमा राखेर सार्वजनिकीकरण गर्दा उनिहरुका खुसीको सिमा रहेन ।

स्थानीय वडा नम्बर ४ का ताराप्रसाद राजवंसीले शिवगञ्ज बजारबाट टमाटरको वियाँ खरिद गरेर लगेका थिए । उनले रोपेको वियाँको वोटले थाम्नै नसक्ने गरी दाना लाग्यो । उनले भने, ‘एकै वोटमा ७६ वटा टमाटर फल्यो ।’ दाना संग बोटमा फुल पनि खेलिरहेको छ । वोटले फेरी फल दिन्छ । उनले प्रदर्शनीमा राखेको टमाटरको वोट उचालेर प्रदेश साँसद झलकवहादुर दर्लामी मगरलाई देखाउदै नगर प्रमुख चन्द्रकुमार ्शेर्माले भने, मेहनती र कर्मठ किसानले नगरको सान वढाएका छन । हेर्नुहोस त माननिय ज्यु टमाटरको वोट ।’

वारीमा फलेको मुला लिएर वडा नम्बर ४ की मनु अधिकारी पनी कृषी मेला प्रर्दशनीमा आएकी थिईन । उनले आलुवारीमा मुलाको पनि खेती गरेकी थिईन । ५० रुपैयाँको वियाँ रोपेकी अधिकारीले ३ हजार वढीको मुला वेचेको सुनाईन । उनले भनिन् ‘नगरले विउ, मल र पानीको सुविधा दिन सक्यो भने आगामी वर्षदेखी वारीमा आलु र मुलाको अझै धेरै खेती गर्छु ।’
किसानले उत्पादन गरेका कृषि उत्पादनको प्रतियोगितात्मक प्रदर्शन गर्ने उद्देश्यले शिवसताक्षी नगरमा एक दिने कृषि प्रदर्शनी मेला वुधबार जनता वजारमा भएएको थियो । नगरपालिका अन्तर्गत कृषी साखाको आयोजनामा भएको कार्यक्रममा नगरका १९२ किसानले आफुले उत्पादन गरेका कृषीका वस्तु प्रदर्शनीमा राखेका थिए । दलहन तथा तेलहनतर्फ भटमास, मुसुरो, चना, बोडीलगायतका उत्पादन किसानले प्रदर्शनीमा राखेका छन । यस्तै नगदेबालीमा अदुवा, उखुलगायतका उत्पादन पनी किसानले प्रदर्शनीमा राखेका छन ।

किसानले बारीमा फलाएका लहरेबालीमा फर्र्सी, काक्रो, लौका, काउली समूहमा काउली, ब्रोकाउली, बन्दा र अन्य तरकारी बालीमा भने मुला रायोको साग, गाँजर, ब्रोकाउलीलगायतका उत्पादन राखिएका थिए । फलफूलमा अम्बा, केरा प्रदर्शनीमा राखिएको छ । कन्दमुलमा आलु, पिडालु, सखरखण्डा लगायतका वस्तु राखिएको कृषी साखाकी जानुका श्रेष्ठले जानकारी दिईन ।

कार्यक्रममा प्रदेश साँसद झलकवहादुर दर्लामी मगरले किसानले उत्पादन गरेका कृषी वस्तु सार्वजनिक रुपमा प्रदर्शन मा राखेर पुरस्कार दिने गर्नाले उनिहरुको आत्मवल वढ्ने र कृषी पेसामै उत्साहित हुने बताए । शिवसताक्षी नगरपालिका स्तरिय कृषी विकास समितिका अध्यक्ष वलजित राईको अध्यक्षतामा भएको कार्यक्रम वरिष्ठ योजना अधिकृत प्रकास चौधरीको स्वागत मन्तव्य र विमल बास्कोटाको सहजिकरणमा भएको थियो ।

कृषी मेलामा प्रदर्शनमा आएका किसान मध्ये ३५ जना पुरस्कृत भएका छन । चम्सुर फलाएर लक्ष्मी श्रेष्ठ तिलवहादुर कटुवाल र नविन वाँस्कोटा क्रमस प्रथम, द्धितीय र तृतीय भए । यस्तै धनियाँमा देवनारायण राजबंशी, खेम बास्कोटा र टिकादेवी पौडेल क्रमस प्रथम, द्धितीय र तृतीय घोषित भए । यता सुप मा चौरवती राजंवशी, सहदेव राजवंशी र लक्ष्मीमाया श्रेष्ठ प्रथम, द्धितीय र तृतीय भए ।

यता आलु फलाएर श्रीमाया श्रेष्ठ प्रथम, देवानन्द राजबंशी दोश्रो र तिलवहादुर गौतम तृतीय भए । पालुङ्गोको सागमा कर्णप्रसाद राजबंशी प्रथम भएभने कन्तलाल साह दोश्रो भए । फुलकोभीमा टिकालाल राजवंशी प्रथम, अमरलाल साह दोश्रो र हंसप्रसाद ताजपुरिया तेश्रो भए । ब्रो काउलि फलाएर यसोदा लाम्गादे प्रथम, तिलवहादुर गौतम दोश्रो र तिलवहादुर कटुवाल तेश्रो घोषित भए ।

बन्दाकोभी मा टिकालाल ताजपुरिया पहिलो, सहदेव राजवंशी दोश्रो र टिकादेवी पौडेल तेश्रो भईन । टमाटर फलाएर ताराप्रसाद राजबंशी पहिलो, देवानन्द मगर दोश्रो र देवनारायण राजबंशी तेश्रो घोषित भए । यस्तै खोर्सानीमा सुरज साह र सुर्यमान ताजपुरिया क्रमस पहिलो र दोश्रो भए । यता भन्टा तर्फ ताराप्रसाद राजबंशी, भोला प्रसाद ताजपुरिया र महादेव साह पहिलो, दोश्रो र तेश्रो घोषित भए ।

यस्तै मकै तर्फ पहिलो भिमवहादुर श्रेष्ठ, चेतवहादुर बस्नेत दोश्रो र युवराज चम्लागाई तेश्रो घोषित भए । केरा तर्फ पद्धमा कुमारी मैनाली पहिलो भएकी थिईन । यस्तै मेवामा मेनुका चम्लागाई पहिलो भईन, दोश्रो लालवहादुर श्रेष्ठ र तेश्रो रुकमणी ओली घोषित भए । अम्वा तर्फ पुर्णकुमार दुलाल पहिलो र शसिकला राई दोश्रो भईन । यस्तै मुला फलाएर मनु अधिकारी पहिलो भईन । सविन अधिकारी दोश्रो र केदार पौडेल तेश्रो भए । लौका तर्फ खेमराज बास्कोटा पहिलो , राजेन्द्र प्रसाद बाँस्कोटा दोश्रो र लक्ष्मी ताजपुरिया तेश्रो भईन ।

फर्सी तर्फ गंगा सुवेदी पहिलो, सोभा राजबंशी दोश्रो र देवानन्द साह तेश्रो भए । करेला फलाएर अम्बिका ठाकुर पहिलो, मैना राजबंशी दोश्रो र पुजा ताजपुरिया तेश्रो भएका थिए । च्याउ खेती तर्फ राधिका पाण्डे पहिलो र सावित्रा पाण्डे दोश्रो भईन । कन्तलाल साह, झुमादेवी ताजपुरिया र प्रतिमा बाँस्कोटा लसुन खेती तर्फ प्रथम, द्धितीय र तृतीय घोषित भए ।

यता सिमी तर्फ बासुदेव लामिछाने, यामनाथ उप्रेती र चुडामनी फुँयल पहिलो , दोश्रो र तेश्रो भए । यस्तै बकुल्ला सिमी तर्फ नविन बाँस्कोटा पहिलो , सहदेव राजबंशी दोश्रो र महेस लाल साह तेश्रो भए । उखु तर्फ टिकालाल ताजपुरिया र पंचम ताजपुरियाले पहिलो र दोश्रो घोषित भए । यता सुर्यमुखी खेती तर्फ राधिका पाण्डे पहिलो, निरज कुमार साह दोश्रो र तिलवहादुर कटुवाल तेश्रो भए । गहुँ तर्फ तारानिधी चौलागाई र हरिमाया श्रेष्ठले पहिलो र दोश्रोको पुरस्कार पाए । रायो साग तर्फ यसोदा पोख्रेल पहिलो, रतनलाल साह दोश्रो र चानवती राजवंशी तेश्रो भए । फापर तर्फ चुडामणी फुयँल र डम्वर कुमारी लामिछाने पहिलो र दोश्रो भए । यता केराउ तर्फ ऋतीका ताजपुरिया, लक्ष्मी माया श्रेष्ठ र चेष्टकुमारी बास्कोटा पहिलो दोश्रो र तेश्रो भए । यस्तै लाफा साग तर्फ रामकुमार श्रेष्ठ, मन्जु श्रेष्ठ र गुलावचन्द साह पहिलो, दोश्रो र तेश्रो भएका थिए ।

भण्टा, टमाटर र केरा खेतीमा पहिलो, दोश्रो र तेश्रो बनेका किसानलाई जनही १ हजार, ८ सय र ५ सय सहित प्रमाण पत्र प्रदान गरिएको थियो । अन्य वालिका उत्कृष्ट बनेका किसानलाई ५ सय, ३ सय र २ सय रुपैयाँ प्रदान गरिएको थियो । चनाका नविन वाँस्कोटा, कपासका रुकमणी ओली, अमलाका शेसर चापागाई, नरिवलका टिकालाल ताजपुरिया, केराको वोटका दधिलाल ताजपुरिया र मरिचका सेखर चापागाईले जनही २ सय र प्रमाण पत्र पाएर सान्त्वना घोषित भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here